घरमै नमाज पढेर ईद-उल-अजहा मनाउन मुस्लिम आयोगको आग्रह

  • साउन १६, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।

‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरु मुफ्तीहरु, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।

यद्यपि इद उल अज्हाको नमाज मस्जिदमा पाँच जनासम्मले पढ्न पाउने अन्सारीले जनाएका छन् । कोभिड–१९ रहँदासम्म सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका अन्य उपाय अपनाउन पनि अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A