घरमै नमाज पढेर ईद-उल-अजहा मनाउन मुस्लिम आयोगको आग्रह

  • साउन १६, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।

‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरु मुफ्तीहरु, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।

यद्यपि इद उल अज्हाको नमाज मस्जिदमा पाँच जनासम्मले पढ्न पाउने अन्सारीले जनाएका छन् । कोभिड–१९ रहँदासम्म सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका अन्य उपाय अपनाउन पनि अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A