सडक र इनार निर्माणले गल्लीको मुहारै फेरियो

  • साउन १६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरपालिका १३ सरस्वती टोलामा गल्ली भनेर चिनिने ठाँउमा लहान नगरपालिकाले खानेपानीको लागि इनार निर्माण र सडक ढलान गरिदिएपछि स्थानीयहरु खुसी भएका छन् ।


स्थानीय उपेन्द्र यादव भन्नुहुन्छ,हाम्रो समस्या पीडा आजसम्म कसैले सुनेको थिएन । प्रत्येक चुनावमा उम्मेदबारहरुले प्रतिवद्धता त गर्नुभयो तर पुरा कसैले गर्नु भएन । हामी गल्लीका वासिन्दाहरु लहान नगरप्रमुख मुनि साहलाई आफ्नो समस्या चुनावकै मुखमा सुनाएका थिए । उहाँले वडाधयक्ष इश्वर वाहादुर बस्नेतको माध्यमबाट प्रतिवद्धता पुरा गर्नुभयो । गल्लीमा ढलान सडक र इनार भएपछि गल्लीको परिचय नै फेरिया,े मुहारै बदलियो । गल्लीको आधी ढलान यस वर्ष भयो आधी अर्को वर्ष पुरा गर्ने वडाध्यक्ष वस्नेतले विश्वास दिलाउनु भएको छ । अर्को वर्षसम्म मुख्य सडक र गल्लीको सडक समेत निर्माण भएपछि सरस्वती गाँउ हिलो र धुलो मुक्त हुनेमा हामी आशावादी छौ ।

inar news lahan. 1 photo
अर्का स्थानीय नथुनी यादवका अन्ुसार गल्लीमा खानेपानीको लागि इनारको अति आवश्यक्ता थियो । यस आवश्यक्तालाई नगरपालिकाले पुरा गरिदिएपछि यस टोलका वीस घरलाई खाने पानीको समस्या त टरयो नै यसपाली गल्लीमा ढलान भैहाल्दा यस वर्ष वर्षातको वेला हिलो भएन, राम्रो काम भयो । इनारको लागि आफ्नो निजी जग्गा दिएर मन्दिरा यादवले पनि ठूलो योगदान गरेको गल्ली टोलबासीको भनाई छ ।

inar news lahan.3 photo
वडाध्यक्ष इश्वर वाहादुर वस्नेतले यस वडामा खानेपानी र सिंचाइको लागि लहान नगरपालिका, वडा कार्यालय र सिरहा १ (ख) प्रदेशसभा सदस्य लगनलाल चौधरीको कोषबाट समेत गरी डेढ दर्जन इनार निर्माण भएपछि खानेपानीको समस्या तत्काल समाधान भएपनि खानेपानीको लागि धारा संचालनको लागि समेत तयारी भइरहेको बताउनुभयो ।

inar news lahan.2 photo
लहान नगरप्रमुख मुनि साहले भन्नुभयो,लहान १३ मा खानेपानी सडक कृषि र पशुपालनमा बढी लगानी गरेर त्यस वडालाई समृद्धि बनाउने योजना अनुसार काम बढाउने सोच अनुसार अगाडि बढिरहेका छौ । आश्विनदेखि लहान १३ को अन्तिम सीमाना धनगडीमाई सम्म जाने सडक कालोपत्रे सम्पन्न गर्न ठेकेदारलाई अन्तिम पटक सचेत गराएर सडक कालोपत्रलाई अघि बढाइनेछ । सरस्वती हिलो र धुलोमुक्त गाँउ हुन केहि महिना मात्रै पर्खिनुपनेृछ । लकडाउनले ढिलो भएको हो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A