समृद्धिपथ समाचारदाता
लहान । लहान नगरपालिकाक नगर प्रमुख मुनि साहले मुस्लीम समुदायले मनाउने ईद उल अजहा (बकर ईद्) पर्ब सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताउनु भएकोे छ ।
शनिवार सम्पूर्ण इस्लाम धर्मावलम्बी नगरबसीहरुलाई शुभकामना सन्देश दिँदै नगर प्रमुख साहले यस पर्बमा शुभकामना आदानप्रदान गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नु भएकोे छ ।
ईद उल अजहा (बकर ईद)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नगर प्रमुख साहले सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गर्नु भएकोे छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A