‘कोरोना संक्रमण हुनबाट जोगिन एसएमएस को पालना गरौ’

  • श्रावण १८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,कोरोना संक्रमणबाट जोगिन एसएमएस को पालना गर्नु नै जोगिने उपाय भएको लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले बताउनु भएको छ ।


समृद्धिपथ अनलाइनसँग कुरा गर्दै प्रमुख यादवले भन्नुभयो,कोरोनाको औषधी नभएकोले अहिले सचेत हुन नै रोग लाग्नु भन्दा अघि रोगको बाटो छेक्नु नै जाती भने भनाइलाई व्यवहारमा उतार्न जरुरी छ ।


एसएमएस भोको पहिलो एस भनेको सामाजिक दूरीको पालना गर्नु,एम भनेको मास्कको प्रयोग र अन्तिम एस भनेको सेनिटाइजर गर्नु हो । लहानमा पनि सामुदायिक तहमै कोरोना संक्रमित भेटिएकोले सचेत र सतर्क रहनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

Screenshot_20200331-225606~2
लहानमा सामुदायिक स्तरमका भेटिएको स्वास्थ्यकर्मी र सचेत व्यक्ति नै भएपनि उहाँ संक्रमित भएर अहिले आइसोलेशनमा स्वास्थ्य लाभ लिइरहनु भएको प्रमुख यादवले जानकारी दिनुहुँदै भन्नुभयो,जनहितमा जारी सूचनाहरुलाई ध्यानमा राखेर सचेत हुन जरुरी छ । लहानको हटिया, मुख्य बजार, सरकारी कार्यालय, चिया पसल लगायतका ठाँउहरुमा मास्क प्रयोग नगरी हिँडडुल गर्नु, सामाजिक दुरीको पालना नगर्नु विडम्बना देखिएको छ । यस अवस्थामा राजनीतिक दलका भातृ संगठनहरु समेत परिचालित हुन आवश्यक छ ।


लहानको मुख्य चोक तरकारी बजारमा रहेको गुप्ता फर्मेसीका संचालक शंकर प्रसाद गुप्ताको अनुसार विहान वेलुका यस चोकमा लाग्ने भीडले डरलाग्दो अवस्था सृजना हुँदै गएको छ । शिक्षित वर्गले समेत मास्कको प्रयोग नगरी भीडमा हिडडुल गरीरहेकोले यस प्रति सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

korona 2 photo
लहान नगरप्रमुख मुनि साहले लहानमा देखिएको भीडमा मास्क प्रयोग नगरेको सामाजिक दूरीको पालना नभइरहेकोले कोरोना संक्रमण बढ्न सक्नेबारे लहान नगरपालिकाले जनहितमा जारी गरेको सूचनाको पालना गर्न सबैमा नगरपालिकाले आग्रह गरेको भन्दै यस अवस्थामा आफूले आफूलाई सुरक्षित गर्नु नै सबैभन्दा ठूलो बाँचने उपाय भएकोले लहानका स्वास्थ्य शाखाले गरिरहेको कामको प्रशंसा गर्नुभयो ।

korona news lahan.3 photo
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापा क्षेत्रीको अनुसार प्रहरीले मास्क नलगाउनेहरुलाई नियणत्रणमा लिई जरीवना गर्न थालेपछि मास्कको प्रयोग अधिकांशले गर्न थालेपनि सामाजिक दूरीको पालना नभइरहेको चुनौती रहेको जानकारी दिनुभयो ।


अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A