जिवछ उदासी
लहान,सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादव आफ्नो गृह गाँउपालिका सखुवानन्कारकटिमा वृक्षा रोपणको लागि पाँच हजार विभिन्न प्रजातिका विरुवाहरु वितरण गर्नु भएको छ ।
जिल्ला वन कार्यालय सप्तरीमा आफ्नो प्रदेशसभाको लेटरप्याडमा माग गरे अनुसारको त्यहाँका बन अधिकृत राम अशिष यादवको सहयोगमा प्राप्त विरुवा आफ्नो गृह गाँउपालिका सखुवानन्कारकटिका महदेवा, सोठियाइन,परिहारपुर,जगतपुर सरहचियाका प्रति व्यक्ति २५ वटाका विरुवा वितरण गरेर आफ्नो निजी जग्गमा लगाउन सबैमा आग्रह गर्नु भएको हो । वितरण गरिएका विरुवाहरुमा मलेशियन सखुवा,बकाइन, टिक र अशोकका विरुवा रहेका छन् ।
प्रदेशसभा सदस्य यादवले भन्नुभयो,सखुवानन्कारकटि ३ शान्ती नगर त्रिमुर्ति चोकमा समेत एक सय विरुवा सार्वजनिक स्थलमा रोपेर वातावरणलाई हरियाली बनाइ राख्न यो अभियान यस बर्षबाट सुरु गरेका छौ । प्रदेश ख का अन्य पालिकाहरुमा समेत अर्को वर्ष यस अभियानलाई विस्तार गर्नेछु । काम गर्दै गएपछि सहयोग भइहाल्छ, समाजमा समृद्धि विकास र स्वच्छ वातावरणको लागि वृक्षारोपण कार्यलाई प्राथमिकतामा राखेर फरक विचारका राजनीतिक दलहरुसँग समेत समन्वय गरेर अघि वढिरहेका छौ ।
सखुवानन्कारकटि ३ का स्थानीय शिक्षक भोगेन्द्र प्रसाद यादवका अनुसार प्रदेशसभा सदस्य यादवले आफ्नो बजेटबाट प्रशंसनीय काम गर्नुको साथै जनताको दुख सुखमा सधै साथ दिनुहुन्छ । सामाजिक, धार्मिक , विकास निर्माणका काममा उहाले जनताको मन जित्नेगरी काम गरीरहनु भएको अर्को स्थानीय नेवी सदायको भनाई छ ।
सखुवानन्कारकटि २ का सुमेश यादवका अनुसार सखुवानन्कारकटि गाँउपालिका अध्यक्ष केदारनाथ यादव र प्रदेशसभा सदस्य अशोक कुमार यादवले जनताको मन जित्ने गरी काम गर्नुको साथै हरेक गसतविधिमा सहभागी हुनुको साथै मदिरामुक्त अभियानमा अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य गरेर अघि बढ्न प्रंशसीय कामको पनि सुरुवात सखुवानन्कारकटि ३ पोर्ताहा गाँउबाट गरे लगतै वृक्षारोपण कार्य पनि त्यति नै रहेको छ ।
सखुवानन्कारकटि ३ का वडाध्यक्ष महेन्द्र प्रसाद यादवले सखुवानन्कारकटि गाँउपालिकामा प्रगतशिील विचार र काम दुवैलाई निरन्तरता दिन गाँउपालिका अध्यक्ष केदारनाथ यादव र प्रदेशसभा अशोक कुमार यादव तत्पर रहनाले यस भेगमा विकास र सामाजिक कार्यहरुमा प्रगति हुँदै गइरहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A