डम्पिङगसाइट सुचारु नहुँदा फोहोर व्यवस्थापनमा समस्या

  • श्रावण १८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी / फिरोज सिद्धिकी

लहान । लहान नगरपालिकाले डम्पिङगसाइटको रुपमा प्रयोग गर्दै आइरहेको लहान ४ स्थित खुटी र बलानको दोभान नजिकको स्थलमा फोहर फाल्न रोक लगाएपछि बर्षाको वेलामा फोहोर वयवस्थापन समस्या बन्दै गइरहेको छ ।

लहानमा पटक पटक फोहोर फाल्न उत्पन्न समस्याको समाधान हुनेपर्ने शहरी क्षेत्रका स्थानीयहरुले माँग गर्दै आइरहेका छन् । डम्पिङगसाइट सुचारु भए मात्रै यस समस्याको समाधान हुने भएकोले यसतर्फ नगरवासीहरुको ध्यान जान थालेको हो ।

लहानको शहरी क्षेत्र १ देखि १० नम्वर सम्मका वडामा दैनिक दस ट्रयाक्टर जम्मा हुने फोहर निरन्तर वर्षा हुँदा १३ साउनदेखि लहानमा फोहोर उठन नसकेपछि फोहरले दुर्गन्ध दिन थालेको हो ।

dumping site news.1 photo
सरसफाइका संयोजक नथुनी पासवानको अनुसार अहिले फोहर फालिरहेको डम्पिङगसाइट भन्दा उत्तरको स्थलमा लहान ४ हुँदै फोहोर बोकेका ट्रयाक्टर जान नदिँदा अन्य बाटो प्रयोग गर्दा बलानमा ट्रयाक्टर गडने र भासिने समस्या उत्पन्न भएपछि फोहोर फाल्न समस्या उत्पन्न भएको छ । प्रत्येक दिन उठ्ने फोहोर यतिवेला फोहोर फाल्ने स्थलसम्म ट्रयाक्टर जान नसक्दा ठाँउ ठाँउमा फोहोर थुपरिएको हो ।

लहान नगरपालिकाले निरन्तर फोहोर उठाउने गरेपनि बाध्यताले यतिवेला फोहोर उठ्न नसकरहेको संयोजक पासवानले भन्दै डम्पिङगसाइटमा फोहोर व्यवस्थापन गर्न लहान ४ का वडा कार्यालयले झमेला गर्न नहुने बताउनुभयो ।

लहान नगरप्रमुख मुनि साह भन्नुहुन्छ, लहान नगरपालिकामा राम्रो काम गर्दा कि त झमेला हुन्छ, तगारो खडा हुन्छ कि त अदालतमा मुद्दा हालेर अवरुद्ध गर्ने परिस्थितिले चाहे अनुसारको काम समयमा हुन कठिनाई उत्पन्न भएकै छ । डम्पिङगसाई सुचारु भएको भए लेदोजन्य फोहोर व्यवस्थापनको लागि वाटरएडको सहयोगमा आठ करोडको फोहोरबाट मोहर भन्ने परियोजना परिचालन भैसकेको हुन्थ्यो । अहिलेपनि यस परियोजना संचालनको लागि लहान ४ का वडाकार्यालयसँग सम्न्वय गरेर यस कार्यक्रमलाई अघि वढाउन नगरपालिका गृहकार्य गरिरहेकै छ, यो परियोजना सफल हुन्छ नै । लहान ४ मा रहेको डम्पिङगसाइटको विवाद नितान्त राजनीति प्रतिशोधबाट आएको छ । नियमित फोहोर वयवस्थापनको लागि वर्षाको वेलामा समस्या भएको छ । नगरपालिकाले राम्रो काम गर्दा सहयोगीको भावनाले हेर्नुपर्ने संस्कारको विकास नहुञ्जेलसम्म यस्तो समस्या आइरहने छ ।

dumping site news.2 photo
नागरिक समाजका राम विहारी साहका अनुसार फोहोर वयवस्थापनमा राजनीति हुनु हुँदैन । एक त कोरोनाको संकट त्यसमा यत्रतत्र बजारमा जम्मा भइरहेको फोहोरले लहानमा फेरि ठूलो समस्या देखियो । लहान ४ वडा कार्यालयले लहानले नगरपालिकासँग समन्वय गरेर फोहोर फाल्न अवरोध गर्नु हुँदैन ।

यता लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितले लहान ४ मा रहेको डमिपङगसायटमा फोहोर फाल्दा नजिकको वस्तीका वासिन्दाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले फोहोर फाल्न नदिएको बताउनुभयो ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A