अवैध घरेलु मदिरा नष्ट

  • साउन १९, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रहरीले बरामद गरिएको पाँच हजार ५ सय २५ लिटर मदिरा नष्ट गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सडक किनारमा रहेको ढलमा अवैध घरेलु मदिरा नष्ट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तयारी अवस्थाको २ सय २५ र कच्चा पदार्थका रुपमा रहेको पाँच हजार ३ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो।

मदिरा नष्ट ४।१९ (2)

सोमबार विहान इलाका प्रहरी कार्यालय धनगढिबाट खटिएको प्रहरी टोलीले धनगढीमाई नगरपालिका वडा नम्बर २ र १० बाट तयारी अवस्थाको एक सया ८५ लिटर, कच्चा पदार्थ चार हजार ५ सय लिटर र मदिरा बनाउन प्रयोग हुने भाडा वर्तन १२ थान नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नम्बर ६ बाट अवैध रुपमा संचाल गरेको घरेलु मदिरा तयारी अवस्थाको ४० लिटर, कच्चा पदार्थ ८ सय लिटर र मदिरा बनाउन प्रयोग हुने भाडा वर्तन १५ थान नियन्त्रणमा लिइ नष्ट गरिएको जनाइएको छ ।

गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गर्ने अभियान नै चलाएको छ ।

मदिरा नष्ट ४।१९ (1)

त्यस्तै, इलाका प्रहरी कार्यालय बरियारपट्टीले ३२ हजार ५ सय बराबरको लत्ताकपडा र स३प ७३३५ नम्बरको मोटर साईकल नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उक्त सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडी पठाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

Madira Madira 2

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A