सरुवाको समर्थनमा लहान नगर कमिटि नेपाल राष्ट्रिय शिक्षक संगठन

  • साउन २१, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरपालिका शिक्षा शाखाले प्रावि तहको पहिलो चरणको दरबन्दी मिलान सहित गरेको शिक्षक सरुवालाई नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाले समर्थन जनाएको छ ।


लहान नगर कमिटिका अध्यक्ष जिवछ यादवले लहान नगरपालिकाले शिक्षक सरुवा गरेकोमा यसलाई संगठनले उचित कदम भएको ठहर गरी स्वागत गर्दै यसमा भएको त्रुटिहरुलाई समेत सच्चयाउन संगठनले माग गरेको हो ।


उहाँले भन्नुभयो,शिक्षक सरुवा हुनु हुँदैन भने पक्षमा कहिलेपनि शिक्षक संगठन थिएन र अहिले पनि छैन । शिक्षक सरुवा गर्दा महिला, अपाङग, बढी उमेर भएका अशक्तहरुको हकमा मानवीय दृष्टिले हेर्न जरुरी रहेको छ । यस विषयमा नगरपालिका साकारात्मक देखिएकोले नगरपालिका शिक्षा शाखाको विरोधमा कुनै आन्दोलन गर्नुपर्ने आवश्यक्ता छैन ।

teacher news saun 22.photo 2
शिक्षक सरुवा गरेर नै सामुदायिक विद्यालयको शैक्षिक गतिविधिमा सुधार हुन्छ भने यसमा संगठनको आपत्ति छैन तर कतिपय त्रुटिहरु देखिएको छ । शिक्षा शाखाले पहिले सरुवालाई कार्यान्वयन गर्ने,त्यसपछि भएको त्रुटिहरुलाई सच्चयाउन बचनवद्धता व्यक्त गरेपछि नेपाल राष्ट्रिय शिक्षक संगठन लहानले खुलेर नै समर्थन गरेको लहान नगर कमिटि शिक्षक संगठनका कोषध्यक्ष राम विलक्षण सिंहले प्रष्टयाउनुभयो ।

teacher news saun 22.photo 4
पहिलो चरणको शिक्षक सरुवाको चिठी विद्यालयमा पुग्न थालेपछि शिक्षक संघ लहान नगरकमिटिले यस सरुवालाई कुनै हालतमा स्वीकार नगर्ने उद्येश्यले भेलाको आयोजना गरेपछि नेपाल राष्ट्रिय शिक्षक संगठनले यस्तो धारणा सार्वजानिक गरेको हो ।


लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहले सामुदायिक विद्यालयको सुधारको लागि विभिन्न उपायहरुमध्ये शिक्षक सरुवालाई पनि प्राथमिकतामा राख्नुपर्ने शिक्षक संघ, संगठनबाट समेत पटक पटक आएको सुझाव अनुसार नै सरुवा गरिएको भन्दै दरबन्दी मिलान सहितको सरुवामा केहि शिक्षक शिक्षिकाहरुलाई अपायक परेकै हो भने त्यसको बारेमा पनि सोच्न शाखा तयार रहेको स्पष्ट गर्नुभयो ।

Screenshot_20200331-225606~2
लहान नगरप्रमुख मुनि साहले थप स्पष्ट गर्दै डेलिगेशनमा गएका नेपाल राष्ट्रिय शिक्षक संगठनका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई भन्नुभयो,सामुदायिक विद्यालयको सुधार गर्न सबैले सहयोग गरौ । लहान नगरपालिका भित्रै गरिएको सरुवालाई सहज रुपमा लिऔ । पहिलोपटक लहान नगरपालिकाले गरेको सहासिक कार्यलाई असफल बनाउन कुनै पनि शिक्षक संगठनहरुले असहयोग नगरौ । केहि त्रुटि नै भएको रहेछ भने त्यसलाई पछि सच्चयाउन सकिन्छ ।

madiramukta news.1 photo
शिक्षक सरुवालाई जनस्तरबाट लहान नगरपालिकाले उचित कदम थालेको भन्दै अभिभावकहरु, शिक्षा प्रेमीहरु हर्षित देखिएको वेला शिक्षक सरुवाको विरोधमा कुनैपनि शिक्षकहरु नलागेर खटाएको विद्यालयमा गएर सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्ने लहान सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले भन्दै नगर स्तरीय सरुवामा विरोध नगरी खटाएको विद्यालयमा जानुपर्ने तर्क गर्नुभयो ।


उहाँले भन्नुभयो,लहान नगरपालिकाबाट थालिएको अभ्यासलाई सिरहाको १७ वटै पालिकाले लागु गर्नुपर्छ । यस अभ्यासलाई प्रदेश २ मा लागु हुनुपर्ने आवश्यक छ । यसबारे आफूले प्रदेशसभामा समेत आवाज उठाउने छु । सामुुदायिक विद्यालय सुधार नगरे गरीव दलितका वालबालिकाहरु उचित शिक्षा र अवसर पाउनबाट बञ्चित हुनेछ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A