मिर्चैया नगरपालिका एघार दिनका लागि लकडाउन

  • साउन २२, २०७७
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता,

मिर्चैया । प्रदेश नं २ स्थित सिरहाको मिर्चैया नगरपालिकाले कोरोना भाइरसको थप संक्र्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ ।
बुधबार नगरपालिकाले सुचना मार्फत यही साउन २२ गतेदेखि ३२ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको जनाएको हो ।

तराई मधेशका जिल्लाहरुमा समुदाय स्तरमै कोरोना भाईरसको जोखिम बढने सम्भावना हुनथालेपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख श्रवण कुमार यादवले बताउनु भयो ।

उहाँले भाईरस समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी गरेको जानाउदै अत्यावश्यक सेवाहरु जस्तै दुध, पानी, औषधी पसल, एम्बुलेनस, फलफूल पसल, ग्यास पसल, पेट्रेल पम्प, राजमार्गमा चल्ने सवारी वाहेक अन्य सेवा बन्द रहने जानकारी दिनुभयो ।

लकडाउन अवधिभर विहान १० बजेदेखि दिउँसो १२ बजेसमम खाद्यान सामाग्री, कृषि सामाग्री, निर्माण सामाग्री, बिउबिजन, मल खाध, मोटर पार्टस, बैंक तथा वित्तिय संस्था खुल्ने छ भने नगरपालिका र अन्तर्गत रहेका कार्यालयहरुमा अत्यावश्यक सेवा वाहेक अन्य सेवा प्रवाह नहुने सुचनाद्वारा जानकारी गराइएको छ ।

117093776_3847071991975877_1531684639514235285_o

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A