जिवछ उदासी
लहान, लहान नगरप्रमुख मुनि साहले लकडाउनको पालना गर्न सबै नगरवासीहरुमा आग्रह गर्नु भएको छ । चारैतिर संक्रमितको संख्या बढ्दै जानु र लहान ८ मा सामुदायमा नै संक्रमित भेटिएपछि शुक्रबार राती १२ बजेदेखि साउन ३२ गतेसम्म लकडाउन रहने छ ।
लहान २३ गढामा विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै यस्तो बताउनु भएको हो ।
उहाँले सम्बोधनको क्रममा भन्नुभयो,लहान नगरपालिकाको सबैभन्दा दक्षिणमा रहेको विकासको निकै संभावना बोकेको पहिलेको गढा गाविस हाल लहान नगरपालिका २३ मा विकासको गतिविधिहरु वढाउन नगरपालिकाले विभिन्न योजनाहरु अघि बढाइरहेको बताउनुभयो । बथनाहा बजार व्यस्थापनको लागि भवन निर्माण शिव मन्दिर सडक र कृषिमा विकास हुन आवश्यक छ । यसको लागि नगरपालिकाले योजना बनाएर यस वर्ष अघि वढनेछ ।
वडामा आएको बजेटबाट हुनुपर्ने जति विकास नभएकोले यस वर्षदेखि नगरपालिका नगरविकासको योजनाबाट भएपनि विकास गर्ने प्रतिवद्धता जनाँउदै स्थानीय नेता अशेश्वर यादव र दिलिप परसैलाको नेतृत्वलाई विश्वास गरेर विभिन्न पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नेहरुलाई बधाइ तथा स्वागत भन्नुभयो ।
नेकपा जिल्ला कमिटि सदस्य तथा महदेवा पोर्ताहा गविसका पूर्व अध्यक्ष राम नारायण यादवले आउने चुनावमा लहान २३ नेकपाको गढ भएर काँचुली फेर्ने विश्वास व्यक्त गर्नुभयो ।
नव प्रवेशीहरुलाई स्थानीय नेकपाका नेता अशेश्वर यादवले स्वागत गर्दै दुख सुखमा साथ दिएर यस वडामा विकास र निकासको लागि सधैं तत्पर रहने विश्वास व्यक्त गर्नुभयो
संसदीय विकास कोषबाट आएको ५० लाख रकम वडाध्यक्ष कन्हैया प्रसाद गुप्ताको अपारदर्शी व्यवहारको कारण फिर्ता भएको आरोप लगाँउदै नव प्रवेशीहरुले यस वडाको विकासको जनताको दुख सुखमा साथ दिने अशेश्वर यादव र दिलिप परसैलाको नेतृत्वमा नेकपामा प्रवेश गरेका हुन् ।
चन्दे चौधरीको पहलमा ५३ जना,श्यामबाबु यादवको अगुवाइमा १५ जना त्यसैगरी शिव नारायण यादवको अगुवाईमा एकसय जना र राज कुमार सहनीको नेतृत्वमा ३० जनाले नेपाली काँग्रेस र समाजवादी पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका थिए ।
२३ नम्वरका नेकपाका सचिव धर्मनाथ यादवको अध्यक्षतामा र मुशहरु इादवको संचालनमा लहान २३ बथनाहामा कार्यक्रम सम्पन्न भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A