शिक्षक सरुवा नगरपालिकाको सराहनीय कदम भएको नेकपाको निष्कर्ष

  • साउन २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरपालिकाले पहिलो चरणमा दरबन्दी मिलान सहितको प्राथमिक तहको शिक्षकको सरुवा लहान नगरपालिकाको सराहनीय काम भएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले निष्कर्ष निकालेको छ ।


लहान १९ मा नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवको उपस्थितिमा बसेको बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो ।


केन्द्रिय सदस्य यादवले भन्नुभयो, समाजवादको आधार नै सामुदायिक विद्यालयको सुधार हो । विद्यालयको सुधारको लागि नगरपालिकाले नगरस्तरीय सरुवा गरेर सहासिक र उचित काम गरेकोले यसको विरोध गर्नुको कुनै तुक छैन । शिक्षकहरु पेखरीको पानी जस्तो एकै ठाँउमा कति वर्ष बसिरहने नदिको पानी सरह ताजा भइरहन सरुवा प्रक्रियालाई सहज रुपमा लिन समेत आग्रह गर्नुभयो । नेपाली काँग्रेससँग आवद्ध शिक्षक संघले गरेको विरोधको कार्यक्रमहरुमा नेकपा आवद्ध नेपाल राष्ट्रिय शिक्षक संगठनका शिक्षकहरु सहभागी हुनु हुँदैन । लहैलहैमा गइसकेका शिक्षकहरु आफनो संगठनान फिर्ता नभएमा संगठनले अनुशासन सम्बन्धी कारवाही गर्न चुक्नु हुँदैन ।

master saruwa news.photo 1
प्रदेश २ का सदस्य मागैन कामैतले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर लहान नगरपालिकाले बनाएको शिक्षा ऐन अनुसार शिक्षक सरुवा गरिएकोले यसलाई सबै शिक्षकहरुले सहज रुपमा लिएर सामुदायिक विद्यालयको सुधारको लागि लाग्नुपर्ने तर्क गर्नुभयो । शिक्षाको सुधारको लागि शिक्षक सरुवा पनि एउटा उपाय हो भने यसलाई नगरपालिकाले अबलम्ब गर्दा शिक्षकहरु विरोधमा जान नहुने तर्क गर्नुभयो ।


नेकपा प्रदेश २ का सदस्य राजेन्द्र प्रसाद चौधरीले शिक्षक सरुवा भएपछि यसले राम्रो सनदेस गएकोमा नेपाल राष्ट्रिय शिक्षक संगठन आपसमा विभाजित नभएर यसलाई समर्थन गर्नुपर्ने सुझाव राख्दै महिला, अपाङग र अशक्त शिक्षकहरुको हकमा अपायक सरुवा भएको हो भने यसलाई नगरपालिकाले सच्चयाउनुपर्ने धारणा राख्नुभयो ।

master saruwa news.photo 3
नेकपाका युवा नेता सत्य नारायण यादवले लहान नगरपालिकाले शिक्षक सरुवा गरेर राम्रो अभ्यासको सुरुवात गरेकोले नेपाल शिक्षक संगठन लहान नगरकमिटिले स्वागत र समर्थन गर्नुपर्ने भनाइ राख्दै अनुशासित र परिवर्तनका पक्षधर शिक्षकहरु यसको विरोध गर्न नहुनेमा जोड दिनुभयो ।


नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष देव कुमार यादवले लहान नगरपालिकाले शिक्षक सरुवा गरेको विषयमा लहान नगरपालिका शिक्षक संगठनले बैठक वसेर भएको त्रुटिहरु सच्चयाउन लाग्नुपर्नेमा शिक्षक संघसँग साँठगाँठ गरेर केहि संगठनका जिम्मेबार शिक्षकहरु सरुवाको विरोधमा गठित संघर्ष समितिमा जान नहुने भन्दै सािमुदायिक विद्यालयको सुधार र शिक्षकहरुको हकहित दुबै हााम्रो संगठनको उद्येश्य भएकोले अपायक सरुवा गरेको हो भने त्यसलाई सच्चयाउन संगठनले लहान नगरपालिसँग वार्ता गरेर समस्या समाधान हुनुपर्ने धारणा राख्नुभयो ।

master saruwa news.photo 4
बैठकमा नेकपा नेकपाका केन्द्रिय सदस्य राम रतिराम, लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरी जिल्ला कमिटिका सदस्यहरु रोजेन्द्र साह , विष्णुलाल साह को समेत उपस्थित रहेको थियो । उहाँहरुले पनि शिक्षक सरुवाको समर्थन गर्दै नगरपालिकाबाट भएको कमि कमिजोरीहरुलाई सच्चयाउन संगठनले बार्ता गर्नुपर्ने सुझाव दिँदै सरुवमाको विरोधमा जान नहुने बताउनुभयो ।


नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरकमिटिका अध्यक्ष जिवछ यादव ,कोषाध्यक्ष राम विलक्षण महतो,संगठनका जिल्ला सचिव अमिरी यादव, राम सेवक यादव, जागेश्वर यादव श्रीदेव यादव लगायतका शिक्षकहरुको उपस्थितिमा नेकपाका नेताहरुसँग परामर्श बैठक लहान १९ कटहामा शविबार सम्पन्न भएको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A