समयमा रिपोर्ट नआउदा क्वाराइटाइनमा रहेका व्यक्तिहरु तनावमा

  • साउन २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,लहान स्थित पशुपति माध्यमिक विद्यालयको क्वाराइनटाइनमा रहेका व्यक्तिहरुको पिसिआर जाँचको लागि लिएको स्वाब परिक्षणको रिपोर्ट समयमा नआँउदा तनाब बढदै जान थालेको बताएका छन् ।


जाँच भएको ७२ घण्टामा रिपोर्ट आइहाल्नुपर्नेमा ९६ घण्टा वितिसक्दा पनि रिपोर्ट नआँउदा तनाव बढिरहेको क्वाराइनटानमा रहेका ४९ जनाले यस्तो बताएका हुन् ।
लहान १७ का राजेन्द्र प्रसाद साह आफू क्वाराइनटाइमा २४ दिनदेखि बसिरहेको भन्दै २० गते नै जाँच गरियो तर अहिले सम्म रिपोर्ट नआँउदा रिपोर्ट कतिखेर आउने तनावमा रहेका छौ ।

report news saun 25.photo 2
वर्षाको समयमा विद्यालयको अगाडिमा रहेको झारपातमा विषालु सर्पहरु यत्रतत्र देखिन्छ । रातभरि निन्दा हुँदैन । एउटै शौचालयमा दिशा पिसाव गर्नु पर्ने बाध्यता छ । आवश्यक भन्दा बढी व्यक्तिहरु क्वाराइनटाइनमा रहेकोले सामाजिक दूरीको पालना भइरहेको छैन । सरसफाई पटक्कै नरहेकोले हामी असुरक्षित भएको लहान ४ का हरिशचन्द्र ठाकुरले बताउनुभयो ।


कतार मलेशिया साउदी अरब र छिमेकी मुलुका दिल्ली र महाराष्ट्रबाट आएका ७४ जना मध्ये महाराष्ट्रबाट आएका १७ जना बरण्डामा नै वर्षाको बेला सुत्नु परिरहेकोले छिटो जाँच गरेर क्वाराइनटाइनबाट निकाल्ने व्यवस्था मिलाई दिन क्वाराइनटाइनका व्यक्तिहरुले हाम्रो आवाज र समस्या सम्वन्धित निकायमा पुरयाई दिन संचारकर्मीहरुसँग आग्रह क्वाराइनटाइनका व्यक्तिहरुले माग गरेका छन् ।


लहान १६ का मोहन बहादुर कार्की र अशोक कार्कीले दुबै दाजुभाई दिल्लीबाट आएको सुनाउदै जाँचको रिपोर्ट नआँउदा २५ गते हुने आमाको बर्खिमा घर जान नपाउने दुखोसो पोख्नुभयो ।

report news saun 25.photo 3
लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवका अनुसार जाँचको रिपोर्ट त ७२ घण्टामा नै आउनुपर्ने हो तर कुनै कारणवस अहिलेसम्म नआँउदा हामी माथि सम्पर्क गरेर तागेदा गरिरहेका छौ । रिपोर्ट आउने वित्तिकै नेगेटिभ रिपोर्ट आउनेलाई घर पठाइ दिने र पोजिटिभ हुनेलाई आइसोलेशनमा पठाउने आश्वस्त पारेपछि भुख हडतालमा उत्रिनेहरु खाना खान तगार भएर भुख हडताल तोडेका छन । लिएको स्वाब परिक्षणको लागि गजेन्द्र नारायण अस्पताल राज विराज पठाएको हो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A