‘फोहोरको उचित व्यवस्थापन डम्पिङगसाइटको संचालन नै हो’

  • श्रावण २८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, साउन २८ गते । लहान नगरप्रमुख मुनि साहले फोहोरको उचित वयस्थापनको लागि डम्पिङगसाइटको संचालन नै भरपर्दो विकल्प भएको बताउनु भएको छ ।
लहान नगरपालिकाको नियमित फोहोर उठ्ने गरेको सबैलाई थाहा छ तर लगभग एक महिनादेखि फेरि फोहोर व्यस्थापनमा समस्या उत्पन्न भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो,लहान ४ मा एक करोडभन्दा बढिको लागतमा निर्माण भएको डम्पिङगसाइटलाई सुन्दर व्यवस्थित बनाउन नगरपालिकाले योजना अघि सारेपछि फोहोर फाल्न अवरुद्ध सृजना भएको छ । विगत १६ महिनादेखि लहान ४ का स्थानीयहरु फोहोर फाल्न नदिएर गरेको अवरुद्धको कारण फोहोर वयवस्थापन चुनौती बन्दै गइरहेको छ । सुख्खा समयमा जसोतसो फलियो तर वर्षातको समयमा ट्याक्टर खुटी र बलान नदिबाट जान नसक्ने भएकोले अहिले समस्या सृजना भएको हो ।यसको दीर्घकालिन सामाधान डम्पिङगसाइटको संचालन नै हो

dumpingsite sanchalanma aaos news.1 photo
वाटरएडको परियोजना अन्तर्गत आठ करोडको लागतमा फोहोरबाट मोहर कार्यक्रम र फोहोरको उचित व्यस्थापन कार्यक्रमलाई समेत यहि सितेम्बरदेखि संचालनमा आउने भएकोले फोहोर व्यस्थापनमा तगारो खडा नगरी डम्पिङगसाइट संचालनमा आउन दिन नगरप्रमुख साहले सबैमा आग्रह गर्नु भएको छ ।
फोहरमा फोहरी राजनीति नमिसाएर हाम्रो लहान , सुन्दर लहानको पवित्र नारालाई सफल गर्नको लागि डम्पिङगसाइट संचालनमा आउन दिनुपर्ने लहानका स्थानीयहरुले समेत नगरपालिकाको योजना सहि र उचित रहेको निष्कर्षमा पुगेको लहान ४ का शिक्षक अलख नारायण मिश्राले भन्दै कोरोना महामारीको समयमा सरसफाई अति आवश्यक भएको बताउनुभयो ।

dumpingsite sanchalanma aaos news.2 photi
लहान ३ का राम सेवक ठाकुर भन्नुहुन्छ,फोहोर नै नफाल्न दिने हठ उचित छैन । लहान जस्तो वयवस्थित डम्पिङगसाइटलाई सचालन नगरेर वर्षाको वेलामा शहरमा फोहोरले दुर्गन्धित बनाउने काम गर्नु हुँदैन । नगरपालिकालाई फोहोर फाल्नमा प्रहरी प्रशासनले अब मुख दर्शक बन्न नहुने र डम्पिङगसाइट संचलालनमा लाग्न जरुरी छ । एकातिर फोहोर फाल्न नदिइने अर्कोतर्फ फोहोर फालेन भनेर विरोध गर्ने दोहोरो चरित्र र फोहरी राजनीति बन्द हुनुपर्ने राम सेवक ठाकुर जस्तै घेरै नगरवासीले बोल्न थालेको छ ।
लहान ४ का वडाध्यक्ष राम नाथ पण्डित सहित स्थानीयहरुले डम्पिङग साइटमा फोहोर फाल्नाले नजिक रहेको वस्तीमा दुर्गन्ध फैलिने र विभिन्न रोग संक्रमण हुन सक्ने संभावनाले फोहोर डम्पिङगसाइटमा फोहोर फाल्न नदिएको बताँउदै आइरहेको छ ।

dumping site news.2 photo 1
खुटी र बलानको दोभानमा रहेको ३५ विगहा चटान मध्ये ८ विगहामा डम्पिङगसाइटको रुपमा पुवाधार तयार गर्न नगरपालिकामा जनप्रतिनिधि नभएको वेला सर्वदलीय सहमतिको आधारमा लहान नगरपालिकाको प्रमुख प्रहासकीय प्रमुख महेन्द्र खृेम्याङगको समयमा सहमतिको आधारमा डम्पिङगसाइट निर्माण गरिएको थियो ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A