सिरहामा ११ जना कोरोना संक्रमित

  • साउन २८, २०७७
  • समृद्धिपथ
alt

सिरहा । सिरहा कारागारमा ४ सहित थप ११ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला कारागार कार्यालय सिरहामा ४ कैदीबन्दी, इलाका प्रहरी कार्यालय लहानमा ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदी वन्दीमा कोरोना देखिएको जनाइएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका हुन् । कारागारमा अहिले १ सय ९२ बन्दी, २ बालबालिका, अन्य ३ सय ८५ सहित ५ सय ७९ जना जना कैदीवन्दी रहेका छन् ।

उनीहरु अहिले कारागारभित्रै रहेका कोरेन्टाइनमा रहेको जेल प्रशासन प्रमुख बविताकुमारी महतोले जानकारी दिइन् । उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने सल्लाह भइरहेको उनले जनाइन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लहानको थुनुवामा भेटिकाहरुलाई उपचारको लागि महेन्द्र गेनाई कोभिड अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पछिल्लो पटक सिरहामा स्वाव परीक्षण बढाएसँगै कोरोनाका विरामी थप देखिन थालेका छन् ।

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A