नमूना विद्यालयकै शिक्षक तलवबाट बञ्चित कहिलेसम्म ?

  • श्रावण ३०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
संसार नै कोभिड १९ को चपेटामा छ । हरेक क्षेत्र प्रभावित भएको छ । शिक्षा क्षेत्र पनि अति मारमा रहेको छ । सामुदायिक विद्यालय होस वा निजी विद्यालय सबैको कथा व्यथा उस्तै छ । सामुदायिकभन्दा निजी विद्यालयका शिक्षकहरुको अवस्था तुलनात्मक रुपमा दयनीय छ । विद्यालय नै थप्प भएपछि निजी विद्यालयका शिक्षकहरुले खाइपाई आएको तलव खान नपाएर हाल वेहाल छ । कति शिक्षकहरु त घर परिवार चलाउन मजदुरी गरेर जसोतसो समय काटिरहेको अवस्था छ । सामुदायिक विद्यालयका शिक्षकहरु तलव पाएकोले खासै समस्यमा छैन । तर निजी विद्यालयका संचालकहरुले पुरा तलव नदिएपनि आफ्ना विद्यालयका शिक्षकहरुलाई यो कोरोना महामारीको समयमा राहत स्वरुप नै पालन पोषण गर्न पछि पर्नु हुँदैन । सिरहा जिल्लाका नाम चलेका निजी विद्यालयहरुको विधार्थी भर्नाको विज्ञापन घन्किरहेपनि शिक्षक वेसाहारा भएकोतर्फ ध्यान जान सकेको छैन । तुलनात्मक रुपमा सामुदायिकभन्दा निजीको परिणाम राम्रो हुनुमा शिक्षकहरुको योगदान लगन र मेहनेत भएपनि यसलाई संचालकहरुले विर्सिरहेको छ । तर विर्सनु हुँदैन । हुन त संचालकहरुको अवस्था पनि नाजुक नै भएको छ । बैंकके ऋण तिर्नु तर अभिभावकहरुबाट कुनै शुल्क संकलन नहुनुले समस्यामा त छ नै तापनि आफ्ना कर्मवीर शिक्षकहरुको यो संकटको समयमा पालन पोषण गर्न चुक्नु हुँँदैन ।


निजी विद्यालयको गुणस्तरीय शिक्षा र वयस्थापनभन्दा पनि व्यवस्थित बनाउने उद्येश्यले सामुदायिकतर्फ नमूना प्राविधिकधारका विद्यालयहरु संचालनको लागि सरकारले वर्षेनी करोडो रकम विद्यालयको भौतिक निर्माण र शिक्षकको थप सुविधामा दिन पठाइ रहेको छ । शिक्षकहरु उत्साहित भएन भने पढाई उन्नत हुन सक्दैन । शिक्षकहरुलाई खुसी गर्न श्रम अनुसारको पारिश्रमिक दिनु पनि आवश्यक हुन्छ । सिरहाको लक्ष्मीपुर पतारी डोमी चौधरी जनता नमूना माध्यमिक प्राविधिकधार पोखरभिण्डा विद्यालयको व्यस्थापन र श्री जनता नमूना माध्यमिक विद्यालय प्राविधिकधार मौवाहीको व्यस्थापनमा अकाश जमीनको फरक देखिएको छ । त्यो फरक के हो भने पोखरभिण्डाका प्रध्यानाध्यापक पशुपति साह विहानदेखि वेलुकासम्म विद्यालयमा पूर्ण समय दिनुहुन्छ ।


मौवाहीका प्रधानाध्यापक रामपृत यादव नियमित समय दिन सक्नु भएको छैन । उहाँको दिमागमा नमूना विद्यालय मौवाही मात्रै नभएर जनकपुरको नसिंङग कयाम्पस विभिन्न नर्सिङग होमहरुको पनि शेयर भएको कारण समयको अभाव छ । समयको अभावको बाबजुद पनि २०६८ सालमा विद्यालयको प्रधानाध्यापक भएपछि नमूना विद्यालय बनाउन पहल गर्नुभयो । बजेट ल्याउनुभयो । त्यो राम्रो पक्ष पनि हो । मौवाही जस्तो दुर्गम ठाँउमा नमूना विद्यालय संचालन गर्नु राम्रो नै मान्नुपर्छ । भनिन्छ अभिभावक विनाको घरमा समस्या उत्पन्न हुन्छ , यो सत्य सावित मौवाहीमा पनि भयो । शिक्षक स्टाप र प्रधानाध्यापकबीचमा सुमधुर सम्बन्ध प्रगाढ हुुन सकेन । सरांशमा भन्दा प्रधानाध्यापकको अनुपस्थितिले निर्माण तथा शैक्षिक व्यस्थापनमा समस्या आयो । प्रधानाध्यापक नहुँदा निमित्त नियमले मावि तहको शिक्षकले पाउनु पर्नेमा आधारभूत तहको शिक्षकलाई दिएर अनुशासनको कडि कमजोर हुँदै गयो ।


लकडाउनको समयमा बैशाख २९ गते व्यस्थापन समिति र स्थानीय अगुवाहरुले पत्रकार सम्मेलन गरेर विद्यालयमा भएको अनियमिताा र अराजकताबारे पत्रकार सम्मेलनमा आफ्ना भनाइहरु राख्नुभयो । भनाइ राख्ने क्रममा त्यस विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि मनको वह पोखे । त्यहि क्रममा त्यस विद्यालयका २०७१ पुष महिनादेखि कार्यरत राहत माविका अंग्रेजी शिक्षक राम बालक यादवले पनि शिक्षकहले भोग्दै आइरहेका समस्या शैक्षिक गतिविधि सम्बन्धी जानकारी अति शिष्ट भाषामा राख्नुभयो । उहाँले राखेको ती भनाइहरुकै कारण उहाँ लगायत अन्य निजी श्रोतका शिक्षकहरुलाई तलव नखुवाई प्रधानाध्यापक राम पृत यादवले अन्य सबै शिक्षकहरुको तलव खुवाउनुभयो । राम वालक यादव मावि मौवाहीमा जानु भन्दा अघि लहान २० स्थित ब्रम्हान गोडछाडीको प्रावि राहत शिक्षक हुनुहुन्थ्यो । अंग्रेजीमा एमएड र एमए यादव माविको दरवन्दी साथै नमूना प्राविधिकधारको विद्यालयमा आकर्षक सुविधा हुने मनसायले त्यस विद्यालयमा जानुभयो । उहाँ योग्य इमानदार र कर्मनिष्ट शिक्षक रहेको ब्रम्हान गोडछाडी र मौवाहीको शिक्षक स्टाप अभिभावक विधार्थीहरुको मूल्याङकन रहेपनि विद्यालयको व्यस्थापन पक्षमा भएको कमि कमजोरी प्रअको लापरवाही बोल्दा तलवबाट बञ्चित हुनु परेको छ । राम वालक यादव लगायत अन्यले बोलेको कुराहरुको भिडियो पनि मसँग सुरक्षित छ । आवश्यक परेको खण्डमा त्यसलाई पनि सार्वजनिक गरिनेछ ।


सखुवानन्कारकटि गाँउपालिका अध्यक्ष केदारनाथ यादवले शिक्षा शााखाबाट तलव गइसकेको बताउनु भएकोछ । तलव रोक्का विद्यालय व्यस्थापन समितिका अध्यक्षले रोका गरेको जवाफ राम वालक यादवलाई दिने गरेको छ । विद्यालय व्यस्थापन समितिमा चार जना अभिभावकबाट चुनिने प्रावधान छ । त्यसमा चुनिएका चार जना मध्ये बैशाख २९ गते पत्रकार सम्मेलन भएको दिनमा तीन जना बालेश्वर यादव ,रामजी यादव र मनिषा यादवले व्यस्थापन समितिको अध्यक्ष चुन्न चार जनामध्ये एक जनालाई चुन्न र विद्यालयको हरहिसाव माग गर्दा प्रधानाध्यापकले दिन नगरेको बताएको थियो । पत्रकार सम्मेलनपछि रातारात विद्यालयको भौतिक निर्माण गर्नु, कम्प्युटरहरु जडान हुनु पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका माग पुरा गर्न भौतिक निर्माण विद्यालयमा हुनु लकडाउनको वेलामा यसलाई राम्रै माने पनि सहि सत्य बोलेकै कारण नमूना विद्यालयका शिक्षकहरु तलवबाट बञ्चित हुनु कतिको जायज हो ? सरोकारवालाहरुको ध्यान यततर्फ जान आवश्यक छ । अनियमितता र कमि कमजोरी शिक्षकले बोल्दा कारवाही नै भोग्नुपर्ने यो कस्तो शैली हो , नमूना विद्यालयको हरहिसाव व्यस्थापन सबै पारदर्शी हुन आवश्यक छ । राम वालक साहलाई विद्यालय व्यस्थापन समितिको अध्यक्षमा चयन गर्दा त्यसमा अभिभावकबाट निर्वाचित चार मध्ये तीनजनालाई जानकारी नै नगराई अध्यारो कोठामा बनाएको समिति कति बैद्य हो यस विषयमा पनि छानविन हुन जरुरी देखिएको छ ।


सखुवानन्कारकटि गाँउपालिकाको अति विकट मानिने वडा नम्बर १ मा कल्याणदहमा पूल निर्माण र नमूना विद्यालय संचालनको लागि गाँउपालिका र वडाले थालेको कामको प्रशंसा चौतर्फी वेहिचक रुपले गर्नुपर्छ । सराहनीय काम पनि हो । जनप्रतिनिधिहरुलाई यसको लागि धन्यावाद भन्नै पर्छ ।पुल निर्माणले आवत जावतलाई जोडने काम गरेको छ । १८ किलोमिटर घुमेर गाँउपालिका र आउनुपर्ने बाध्यताको अन्तय गरेकोमा गाँउपालिकाको यो कामबाट सबै हर्षित देखिएका छन् । तर नमूना विद्यालय संचालनको करोडौ रुपियाँको रकमको पारदर्शी हुनुपर्ने,काम गर्ने शिक्षकहरुको सेवा सुविधामा बढोत्तरी गर्नुपर्नेमा तलव नै रोक्का गर्नुले नमूना विद्यालयको गुणसँग मेल नखाएको देखिन्छ । विद्यालयमा प्रजातान्त्रिक माहोल देखिएन । दलीय स्वार्थले शैक्षिक माहोललाई अनुकूल बनाउन नसकेकै हो । प्रधानाध्यापकको व्यवहार उपस्थिति र लोकतान्त्रिक गुणले विद्यालयमा अनुशासन एकरुपता र शैक्षिक वातावरणको माहोल बन्न नसकेको तथ्य त्याहाँ देखिएकै हो ।


सिरहा जिल्लाका विभिन्न शिक्षक संघ संगठनहरुले लहानमा शैक्षिक स्तर सुधार गर्ने उद्येश्यले शिक्षक सरुवा गर्दा कैयो पटक भेला गरिसकेका छन् तर तलव नखाएर समस्यामा रहेका मौवाहीका शिक्षकहरुको वारेमा एक शब्द पनि बोलेको छैन ।पेशागत शिक्षक संघ संगठनहरु कति दिनसम्म यस बारे मौन ब्रत बस्ने ? अब मुख खोल्नु परयो श्रम पसिना बहाउने शिक्षकहरुको रोकिएको तलव खुवाउन पहल हुनुपरयो । मौवाहीको मात्रै समस्या नभएर अधिकांश सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु ख्ुलस्त, पारदर्शी र सबै शिक्षकसँग अभिभावकत्वको भूमिका निर्वाह नगर्दा सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मवीर शिक्षकहरुको मनोवल गिरिरहेको छ । यो समस्या शिक्षक राम वालक यादवको मात्रै नभएर शिक्षा क्षेत्रमा शिक्षक तर्साउने र अनियमितता गर्ने तमाम प्रध्यानाध्यापक र अन्य सरोकारवालाहरुलाई सचेत गराउन उन्मुख हुनुपर्छ । शैक्षिक गतिविधिलाइ सहि लीकमा ल्याउन चौतर्फी पहल होस् । शिक्षा क्षेत्रलाई राजीतिकरणबाट मुक्त गरेर सबैको साझा थलो बनाएर नमूना विद्यालयहरुको प्रगतितर्फ लागौ, यहि नै यतिवेलाका आवश्यक्ता पनि हो ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A