जिवछ उदासी
लहान, लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसीराम पोखरेलले अनलाइन पढाइमा जोडिन सम्पूर्ण विधार्थीहरुलाई आग्रह गर्नु भएको छ ।
कोभिड १९ को संक्रमण कति दिनसम्म चल्ने हो, यसको कुनै सीमा नभएकोले शैक्षिक क्षेत्र ठूलो मारमा परेको उहाँले भन्दै हामीसँग उपल्ब्ध प्रविधि, ज्ञान सीपको प्रयोग गरी घरमै बसेर फाइदा लिन अनलाइनमा जोडिनुपर्नेमा जोड दिनुभयो ।
विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त लहान क्याम्पस पूर्ण प्रविधिमैत्री र आधुनिकीकरणको लागि पूर्णता पाउन बाँकी रहेको कामहरु भइरहेको समयमा आएको कोभिड १९ बाट विश्व नै अक्रान्त भइरहेको वेला यस क्याम्पसमा अध्यनरत विधार्थीहरु पढाइको कडिलाई जोडि राख्न अनलाइन सेवालाई उपयोग गर्नु वाहेक अन्य कुनै भरपर्दो उपाय तत्कालै नरहेको प्रमुख पोखरेलले प्रष्टयाउनुभयो ।
विधार्थीबाट उठ्ने शुल्कबाट प्रति महिना प्रध्यापक शिक्षकहरु लगायत सबैको तलवमा १८ लाख रकम खर्च भइरहेको जानकारी गराँउदै यस महामारीको अवस्थामा यस कयाम्पसले धेरै ठूलो क्षति व्योहोरेको चिन्ता व्यक्त गर्नुभयो ।
बिएससकिा विधार्थीहरुको लागि सुरु गरेको अनलाइन सेवालाई सबै तहमा प्रभावकारी रुपमा सुरु गर्न क्याम्पस तयार रहेपनि विधार्थी र अभिभावकहरुले चासो नलिँदा विधार्थीहरुको पढाई विग्रिने त होइन भने चिन्ता क्याम्पसका सम्पूर्ण परिवार चिन्तित रहेको प्रमुख पोखरेलले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,प्रदेश २ कै नमूना क्याम्पस बनाउने उदेश्यले क्याम्पसका सरोकारवाला सम्पूर्ण पक्षहरु सक्रिय भएर लागि रहेको वेला कोरोनाको कहरमा सम्पूर्ण योजनाहरु प्छि परिसकेको छ । सक्दो कम क्षति होस्, त्यसको लागि सामाजिक दूरीमा रहि गर्नुपर्ने कामहरु क्याम्पसले अहिले पनि जारी राखेको छ । विधार्थीहरु आफ्नो अध्ययनलाई निरन्तरता दिन अनलाइन कक्षा र शिक्षकहरुसँगको मोवाइल सम्पर्कबाट भएपनि सल्लाह लिइ रहने सबैमा आग्रह गरिरहेका छौ ।
यता लहान नगरपालिकाले विद्यालयहरु संचालनको तयारी गरिहेको वेलामा संक्रमितहरु बढ्न थालेपछि लकडाउन नै थप्नु परेको नगरप्रमुख मुनि साहले भन्दै शिक्षाविद्,शैक्षिक अगुवाहरुसँग सरसल्लाह गरेर रेडियोबाट नै कक्षा संचालन गरेर भएपनि शैक्षिक माहोल बनाउन लागि परेको बताउनुभयो ।
विधार्थीहरुको पढाइको नियमितता टुटि सकेकोले आफ्नै घरभित्र रेडियो अनलाइन भर्चुअल कक्षाहरु संचालन गरेर भएपनि हुन लागेको शैक्षिक क्षतिलाई रोक्नुपर्ने, विधार्थीहरु विकृति र कूलततर्फ नजाउन भने विषयमा समेत सचेत हुनुपर्ने अवकासप्राप्त शिक्षक राम विहारी साहको भनाइ रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A