जिवछ उदासी
लहान, समाजमा न्याय र समानाता स्थापित गर्नु नै राम वृक्ष यादव (मास्टर) सहाव प्रतिको सच्चा श्रद्धाञ्जली हुने नेकपाका विभिन्न तहका नेता कार्यकर्ताहरुले २६ औ राम वृक्ष स्मृति दिवसको सम्झनामा बताएका छन् ।
२०५१ सालमा माओवादीले युद्धको सुरुवात गर्न तयारी गरिरहेको अवस्थामा आफ्नै गृह गाँउ ब्रमझियामा राम वृक्ष यादवको हत्या गरिएको थियो । उहाँको हत्याबाट मधेशमा सर्वहारा जनताको आवाज नै हराएको नेकपाका पुराना नेताहरुको बुझाइ रहेका छन् ।
नेकपा सिरहा जिल्ला अध्यक्ष राम कुमार यादव भन्नुहुन्छ, उहाँ कुशल संगठक, गायक, कलाकार हिन्दी मैथिली नेपाली सबै भाषमा क्रान्तिकारी गीतहरु रचना गरेर गरीव शोषित पीडित जनताको पक्षमा आवाज बुलन्द गर्न थालेपछि प्रतिक्रियाबादी सामन्तहरुले उहाँलाई हत्या गरेको थियो । उहाँको सपना सकार गर्न नेकपाको सरकारले गरुव मजदूर सुकम्बासी पीडित जनताहरुको पक्षमा काम गर्नुको साथै समाजबाट तमाम खालका विभेदहरुको अन्तय हुनुपर्छ ।
नेकपाका अध्यक्ष प्रचण्ड स्वयम मधेशमा संगठन निर्माण गर्न राम वृक्ष यादव मास्टर सहावको घर ब्रमझिया आउनुहुन्थ्यो, मास्टर सहाव जीवित भएको भए मधेशमा अझै वर्गीय आन्दोलनले उचाइ पाउने थियो विगतका स्मृति सभाहरुमा भनेकाले मुलुकमा यति वेला नेकपाको बहुमतको सरकार रहेकोले अब सामाजिक न्याय, समानता र समाजवादको स्थापना गर्न कसले रोकेको नेकपा धनगडीमाई बनौली का श्रीदेव रामको भनाइ रहेको छ । धनुषाका राम वृक्ष यादव र सिरहाका देव नारायण यादव दुबै जना शिक्षक पेशा छाडेर सर्वहारा जनताको लागि प्राणको आहुति दिनुभयो । उहाँहरु भन्नुहुन्थ्यो, मुलुकमा कम्युनिष्टको सत्ता आएपछि न्याय समानता आउनेछ,सारा विभेदहरु हटने छ तर अझैसम्म सामाजिक न्याय समानता र समाजवाद भाषणमै सीमित छ । जनताले प्रत्युभूति गर्न पाएको छैन । राम वृक्ष यादवको सपनालाई सकार गर्न नेकपाका नेताहरु सुविधाभोगी र विलासिताको जीवन त्यागेर देश निर्माणमा लाग्नुपर्ने श्री देव राम जस्तै ग्रामीण भेगका पुराना नेताहरुको यस्तै भनाइ रहेका छन् ।
प्रदेश २ का नेकपाका नेताहरुको लागि तीर्थ स्थल नै रहेको ब्रमझियामा प्रत्येक वर्ष भदौ २ गते सम्ृति सभामा नेकपाका शीर्ष नेताहरु आएर सम्बोधन गर्ने निरन्तता यस वर्ष कोरोना भाइरसको कारण दिन नसकेकोले आफ्नै गाँउ ठाँउमा विविध कार्यक्रमहरु गरेर मनाएको २६ औ स्मृति दिवसको सन्देस नेकपा नेताहरु सुध्रिनुपर्छ, देशमा समाजवादको आधारहरु तयार गर्न लागे मात्रै शहिदहरुको सपना सकार ह्ुने नेकपा प्रदेश २ का सदस्य राम पृत रामले बताँउदै शहिदको सपना सकार गर्न नेकपामा सुदृढ एकताको आवश्यक्ता रहेको बताउनुभयो ।
राम वृक्ष यादवका जीवन संगिनी राम कुमारी यादव उहाँको बाटोलाई पछयाउदै दश वर्षको जनयुद्धमा सक्रिय रहनुभयो । उहाँ धनुषावाट पहिलो संविधान सभामा निर्वाचित हुनुभयो । छोरा शेखर कान्छो ज्वाई डम्बर यादव शाहदात प्राप्त गर्नु भएको थियो भने जेठी छोरी बोधमाया यादव समानुपातिक तर्फ संघिय सांसद, महिली छोरी सुधा यादव नेकपा सिरहा जिलला कमिटि सदस्य कान्छी छोरी सुनिता यादव पनि पार्टीमै सक्रिय रहनु भएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A