संक्रमित थपिँदै गएपछि लहान सुनसान

  • भदौ ६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,भदौ ६ गते । कोरोना संक्रमितको संख्या बढ्दै जानथालेपछि लहानमा भीडभाड हुन नदिन र जनहितमा जारी सूचनाको पालना गराउन शनिबार प्रहरीले सक्रियता देखाएका छन् ।

लहानके मुख्य चोकमा विहान वेलुका हुने भीडभाड र मुख्य सडकमा नै फलफूल व्यापारीहरुले फुटपाथको पसल थपेका थिए । फलफूल र तरकारी खरिद विक्री गर्न हजारौको संख्यामा साँगुरो ठाँउमा लाग्ने भीडभाडले स्थानीय स्तरमा नै संक्रमण हुन सक्ने स्थानीयहरुको माग अनुसार इलाका प्रहरी कार्यालय लहानले शनिबार तरकारी बजार बन्द गराउनुको साथै फलफूलका फुटपाथका पसल समेत हटाएको हो ।

vid hataun chok khali garayo.2 photo
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद थापा क्षेत्रीले भन्नुभयो,जिल्ला प्रशासन कार्यालय सिरहाको समेत निर्देशन अनुसार लहानको तरकारी बजारको भीड नहुने गरी प्रहरीले सक्रियता देखाएको हो ।जनहितमा जारी सूचनाको ख्याल गरौ , भीडभाड नगरौ, सामाजिक दुरीको पालना र अनिवार्य मास्क लगाउने गरौ । इलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरी नै संक्रमित भइसकेको छ । अब सचेत र सतर्क भएनौ भने परिस्थिति झनै भयावह हुन सक्नेछ ।

गुप्ता फार्मेसकिा संचालक तथा समाजसेवी शंकर प्रसाद गुप्ताले मुख्य चोकको तारकारी बजारमा हुने भीडले चोकका पसलेहरु समेत भयभित भैसेकेको भन्दै इलाका प्रहरी लहानका डिएसपी थापा आफै उपस्थित भएर बजारको भीड हटउन गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

vid hataun chok khali garayo.3photo
लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवका अनुसार लहानमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । अहिलेसम्म ६७ जना संक्रमित रहेको लहानमा तरकारी बजार, विभिन्न पसलहरु, चिया पसल , सार्वजनिक स्थलहरुमा हुने विभिन्न कार्यक्रम , भोजभतेर , कायाृलयहरुको भीड नियणमा आएन भने यसले विकराल रुप लिनबाट जोगाउन जनहितमा जारी सुचनालाई पालना गर्नुको कुनै विकल्प छैन ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A