संक्रमित थपिँदै गएपछि लहान सुनसान

  • भदौ ६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,भदौ ६ गते । कोरोना संक्रमितको संख्या बढ्दै जानथालेपछि लहानमा भीडभाड हुन नदिन र जनहितमा जारी सूचनाको पालना गराउन शनिबार प्रहरीले सक्रियता देखाएका छन् ।

लहानके मुख्य चोकमा विहान वेलुका हुने भीडभाड र मुख्य सडकमा नै फलफूल व्यापारीहरुले फुटपाथको पसल थपेका थिए । फलफूल र तरकारी खरिद विक्री गर्न हजारौको संख्यामा साँगुरो ठाँउमा लाग्ने भीडभाडले स्थानीय स्तरमा नै संक्रमण हुन सक्ने स्थानीयहरुको माग अनुसार इलाका प्रहरी कार्यालय लहानले शनिबार तरकारी बजार बन्द गराउनुको साथै फलफूलका फुटपाथका पसल समेत हटाएको हो ।

vid hataun chok khali garayo.2 photo
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद थापा क्षेत्रीले भन्नुभयो,जिल्ला प्रशासन कार्यालय सिरहाको समेत निर्देशन अनुसार लहानको तरकारी बजारको भीड नहुने गरी प्रहरीले सक्रियता देखाएको हो ।जनहितमा जारी सूचनाको ख्याल गरौ , भीडभाड नगरौ, सामाजिक दुरीको पालना र अनिवार्य मास्क लगाउने गरौ । इलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरी नै संक्रमित भइसकेको छ । अब सचेत र सतर्क भएनौ भने परिस्थिति झनै भयावह हुन सक्नेछ ।

गुप्ता फार्मेसकिा संचालक तथा समाजसेवी शंकर प्रसाद गुप्ताले मुख्य चोकको तारकारी बजारमा हुने भीडले चोकका पसलेहरु समेत भयभित भैसेकेको भन्दै इलाका प्रहरी लहानका डिएसपी थापा आफै उपस्थित भएर बजारको भीड हटउन गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

vid hataun chok khali garayo.3photo
लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवका अनुसार लहानमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । अहिलेसम्म ६७ जना संक्रमित रहेको लहानमा तरकारी बजार, विभिन्न पसलहरु, चिया पसल , सार्वजनिक स्थलहरुमा हुने विभिन्न कार्यक्रम , भोजभतेर , कायाृलयहरुको भीड नियणमा आएन भने यसले विकराल रुप लिनबाट जोगाउन जनहितमा जारी सुचनालाई पालना गर्नुको कुनै विकल्प छैन ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A