‘डम्पङिगसाइट संचालनको लागि माहोल बन्नु आवश्यक छ’

  • भदौ ७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
व्यापारिक नगरी, शहिदको नगरी, शिक्षा र चेतनाको नगरीको पहिचान बनाई सकेको लहान सुन्दर र समृद्ध नगरपालिका बनाउन नगरपालिकाले महत्वाकांक्षी योजनाहरु अघि सारेको छ भने स्वच्छता र सरसफाइको लागि समस्या देखिएको छ । नियमित सरसफाई हुँदा विहान मोर्निङग वाकमा जाँदा लहानमा सरसफाई सम्पन्न भैसकेको हुन्थ्यो । तर १६ महिना यता सरसफाईमा बीच बीचमा समस्याहरु देखिन थालेको छ । लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर दैनिक दस ट्याक्टर फोहोर व्यवस्थापन नहुँदा शहर दुर्गन्धित हुनु स्वभाविकै हो । यति फोहोर कसैको निजि जग्गामा वा जथाभावी फालेर पनि समस्याको समाधान पनि होइन र यो स्वास्थ्यको दृष्टिकोणले उचित पनि छैन । प्रदेश २ का कुनैपनि नगरपालिकामा लहान नगरपालिका जस्तो व्यवस्थित डम्पिङगसाइट अरु कुनै पनि नगरपालिकासँग छैन ।

लहान ४ को खुटी र वलान नदीको दोभानमा रहेको ३५ विगहा ठूलो चटानमध्ये आठ विगहामा व्यवस्थित डम्पिङगसाइट बनाउन लहान नगरपालिकामा जन प्रतिनिधिहरु नभएको समयमा २२ दलीय संयन्त्रले नगरपालिका संचालन गरिरहेको थियो । त्यस सयमा लहान नगरपालिमा प्रशासकीय प्रमुख महेन्द्र खेम्याङगले गरेको पहलमा २२ दलले गरेको सहमति अनुसार फोहोर व्यवस्थापन गर्नको लागि आठ विगहा जग्गामा डम्पिङगसाइट संचालनको लागि भएको निर्णय अनुसार त्यस ठाँउमा एक करोड आठ लाखखको पूर्वाधार निर्माण समेत गरियो । निरन्तर त्यहि ठाँउमा फोहोर व्यवस्थापन पनि भइरहयो । देशमा अवस्था र राजनीतिक व्यवस्था समेत परिवर्तन भएर मुलुकले लोकतान्त्रिक गणतान्त्रि संविधान पाइसकेपछि २०७४ सालमा वीस वर्ष पछि भएको स्थानीय तहको चुनावमा जनप्रतिनिधिहरु आँउदा फोहोर व्यवस्थापनलाई झन व्यवस्थित तरिकाले गर्न विभिन्न परियोजनाहरु ल्याउन सुरसार लहान नगरपालिकाले कार्यक्रमहरुलाई अघि बढाउदा लहान ४ का स्थानीयहरुले फोहोर फाल्न दिउन्नौ भनेर फोहोर फाल्न अवरुद्ध गरेपछि यो समस्या झन् गहिरिदै गइरहेको छ । स्थानीयहरुले डम्पिङगसाईट वस्तीको नजिकमा भयो ।

दुर्गन्धले विभिन्न रोगका संक्रमणहरु हुने विभिन्न मागहरु तेर्साएर फाहोर फाल्न नदिँदा यो समस्या समाधानको लागि रिट निवेदन उच्च अदालत जनकपुरको राजविराज इजलासमा पनि गयो । त्यहाँबाट फोहोर फाल्न नरोक्नु भने आदेश हुँदा पनि फोहोर फाल्न दिइरहेको छैन । यता लहान नगरपालिकाले डम्पिङगसाइटमा फोहोरबाट मोहर निकाल्न इन्फो बाटरएड परियोजनाबाट आठ करोडको सम्झौता गरेर व्यवस्थित गर्न पटक पटक गरिरहेको आग्रहलाई स्थानीयहरुले फोहोर फाल्नै नदिने केहि व्यक्तिहरुको हठले डम्पिङगसाइट संचालन हुन सकेन । सुख्खाा समयमा त जसोतसो व्यवस्थापन गरियो तर वर्षाको समयमा सबै ठाँउमा फोहोर बोकेको ट्याक्टर जान सक्ने अवस्था हुँदैन । एक महिनादेखि लहान नगरपालिकाको फोहोर व्यवस्थापन नहुँदा शहरमा फेरि दुर्गन्धित भइरहेको छ । लहानमा सरसफाई हुँदा चिटिक्क देखिएको वेलामा अहा कति राम्रो कहिले पनि नभन्नेले अहिले फोहोर फलेन भनेर दिनहुँ नगरपालिकाको कमजोरी देखाएर बजार क्षेत्रमा राजनीति सौदा गरेर फाइदा लुटिरहेको छ । तर डम्पिङगसाइट संचालन हुनुपर्नेमा कुनै चासो देखाएका छैन । केहि सांकेतिक रुपमा एक आध ट्याक्टर फोहोर सफा गरेर लहान नगरपालिकालाई दबाब समेत दिएको देखियो । समस्या समाधानको लागि दबाब दिनुलाई सहि अर्थमा नै लिनु पनि पर्छ । फोहोर वयवस्थापनको लागि डम्पिङगसाइट संचालन वाहेक अर्को कुनै भरपर्दो विकल्प पनि नरहेकोले यतातर्फ माहोल बन्नु र बनाउनु पनि त्यतिकै जरुरी छ ।

लहान नगरप्रमुख मुनि साहले हस्ताक्षर गरेर एक सार्वजनिक सुचना प्रकाशित गर्नु भयो । त्यो सूचनाले सम्वन्धित वडा नम्वर ४ का स्थानीय र सम्पूर्ण नगरवासीहरुको ध्यान आकर्षण गराएको दस बुँदामा फोहोरबाट मोहोर बनाउने कार्यक्रम अन्तर्गत फिकल स्लज तथा सोलिड वेस्टबाट कम्पोष्ट मल उत्पादन गर्ने ,प्लाष्टिक, फलाम, शिशा लाई छुटयाई रिसाइकलिड गरी विक्रि वितरण गर्ने,हरित तथा पार्क क्षेत्र निर्माण गरी वातावरण मैत्री हरित पार्क निर्माण गर्ने ,उक्त ठाँउमा पुग्न सडकको स्तर सुधार गर्ने ,वाइपास गर्न वैकल्पिक सडकको वयस्था गर्ने,हाल त्यहाँ रहेको फोहोर र आउने फोहोरलाई प्रत्येक पाँच दिनमा खाल्डोमा गाड्ने,समय समयमा औषधी छर्ने व्यवस्था मिलाउने, लहान नगरपालिका , नेपाल सरकार र विकन परियोजनाबाट संचालन हुने कार्यक्रमहरुमा वडा नम्वर ४ कै कर्मचारी राख्ने, दिर्घकालिन रुपमा प्राविधिक वाहेक अन्य कर्मचारी सोही वडाबाट राख्ने,फोहोरबाट मोहोर बनाई खुद वचतको ४० प्रतिशत सोही वडामा विकास काममा खर्च गरिने प्रतिवद्धता व्यक्त गरेर हाम्रो लहान समृद्ध र सुन्दर लहान बनाउन अहवान गरिएको छ ।

dumpingsite sanchalanma aaos news.1 photo
यति प्रतिवद्धता नगरप्रमुखले सार्वजनिक रुपमा गरेपछि सम्बन्धित वडाले थप छलफलको लागि लहान नगरपालिकासँग गरेर डम्पिङगसाइट संचालन गर्न दिन कुनै वहाना बनाउनु हुँदैन । संसारका विकसित शहरहरुमा त बीच शहरहरमका नै डम्पिङगसाइट संचालन गरेको हुन्छ । लहान नगरपालिकाले संचालन गरेको डम्पिङगसाई अति उपयुक्त ठाँउमा रहेको छ । यस विषयलाई छलफलकै माध्यमबाट टुङगयाउन जरुरी छ । वडा नम्वर ४ का जन प्रतिनिधिहरु राजनीति दलका अगुवाहरु लहान नगरपालिकासँग मन माजिएको वार्ता गरेर फोहोरबाट मोहर बनाउने परियोजनालाई असफल हुन दिनु हुँदैन । लहान नगरपालिकाको शहरी क्षेत्रसँग जोडिएका अन्य वडाले ४ नम्वरलाई आफ्नो वडामा कुनै सेवा सुविधा लिन दिदैनौ भने अडानमा गयो भने अवस्था कस्तो होला ? एक पटक यतातर्फ पनि सोच्न आवश्यक छ । लहान नगरपालिकाले समेत ४ नम्वर वडाको जनतालाई विश्वस्त बनाउनको लागि नगरपालिकाका सबै दलका प्रतिनिधिहरुसँग छलफल गरेर अघि वढ्न जरुरी छ । चाहयो भने के संभव हुँदैन ? तसर्थ हरेक पक्ष जिम्मेबार भएर लहानको समृद्धि विकास र स्वच्ताको लागि एक मन बनाउन लाग्नुको विकल्प छैन । लहानल ऐतिहासिक नगरपालिका भएपनि राजनीति सहमति, विकास र निकासको लागि साझा धारणा बनाउन नसक्दा हात लागेका उपलब्धीहरु ग्ुम्ने हो कि ? विकासमा हामी पछि पर्ने हौ कि ? भन्ने अनेकन प्रश्नहरु सचेत लहान वासीको मनमा उठिरहेको छ । हरेक विषयलाई राजनीतिकरण नगरौ ।

dumpingsite sanchalanma aaos news.2 photi

फोहोर व्यवस्थापन जस्ता विषयमा गम्भीर बनौ । बीच बीचमा फोहोर उठाउन आउने अवरोध अब सदाको लागि अन्तय होस् । राजनीति दर्शन विचार फरक भएपनि राम्रो काम गर्दा जनप्रतिनिधिहरुलाई सघाउन पछि नपरौ । जनविरोधी र अनयमितता भयो भने सचेत पनि गराऔ । एउटा दलले राम्रो गरेको छ भने अर्को दलले त्यो भन्दा राम्रो गर्ने धारणा बनाएर अघि वढ्दा हाम्रो लहान समृद्ध र सुन्दर लहानको नारा कामयावी र सफल हुनेछ । राजनीति परिवर्तनको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको लहान अब विकास र निकासको सवालमा समेत अघि रहन सहमति सहकार्य र एकताको प्रत्याभूति गराउने वातावरण र माहोल बनाउन खुटा तान्ने दाउमा नलागौ । फाहोर व्यवस्थापनको लागि डम्पिङयसाइट संचालन गर्न सकारात्मक पहल सबै स्तर र ठाँउबाट हुन जरुरी छ । यसको लागि लहान नगरपालिकाका जनप्रतिनिधिहरु बढी गम्भीर हुनुपर्छ । नगरपालिकाले थालेको जनपक्षीय र विकासका अभियानहरुमा आदालतमा गएर मुद्धा हाल्ने विकास गर्नै नदिने जस्ता कमि कमजोरी कहि कतैबाट नहोस् यहि नै लहान वासीको चाहना हुनुपर्छ । देशकै सबैभन्दा ठूलो लहान नगरपालिका अन्य नगरपालिकाहरुको लागि प्रेरणाको श्रोत बनोस् ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A