सहमति भएपछि आइतबार बेलुकादेखि उठ्न थाल्यो फोहोर

  • भदौ १४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरगपालिकाका सहरी क्षेत्रमा थप्रिएको फोहोर आइतबार सहमति भएपछि फोहोर उठ्न सुरु भएको छ । लहान नगरपालिका,सुरक्षा निकाय र वडा नम्बर ४ बीच सहमति भएपछि फोहोर उठ्न थालेको हो ।

aajdekhi uthna thalyo fohor aajdekhi news.photo 2

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियार र सशस्त्र प्रहरी प्रमुख दिपेन्न्द्र गिरी लहान नगरप्रमुख मुनि साह उपप्रमुख सरियार कुमारी चौधरी सम्पूर्ण वडाध्यक्षहरु र अवरोध सृजना गरेको लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितबीच भएकोृ सहमति अनुसार तीन महिनासम्म वडा नम्बर ४ को वाटोबाट फोहोर ढुवानी गर्ने गाडीलाई अवरोध नगर्ने हाल रहेको ल्याण्डफिलदेखि उत्तर फाल्ने सहमति भएको लहान नगरपालिका प्रवक्ता राज कुमार साहले जानकारी दिनुभयो ।

aajdekhi uthna thalyo fohor aajdekhi news.photo 3

लहान नगरप्रमुख मुनि साहले भन्नुभयो,हाम्रो लहान सुन्दर लहानको अभियानमा फोहोर अडकाएर स्थानीयहरुलाई भडकाएर उत्पन्न गराएको समस्या तत्कालको लागि समाधान भएपनि यसको दीर्घकालिन समाधानको लागि डम्पिङगसाइटको सुचारु र फोहोरबाट मोहोर निकाल्ने परियोजना सफल पार्न लहान ४ का स्थानीयहरुले सकारात्मक भइ सहयोग गर्नेमा विश्वस्त भएको छु । लहानको फोहोर व्यवस्थापनको लागि सिरहा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल , प्रहरी प्रमुख उमाशंकर पंजियार, सशस्त्र प्रहरी प्रमुख दिपेन्द्र गिरी र सम्पूर्ण वडाध्यक्षहरु र खास गरेर लहान ४ का वडाध्यक्ष रामनाथ पण्डित आफै फोहोर उठाएर सहयोग गरेकोमा लहान नगरपालिकाका हार्दिक धन्याद ज्ञापन गर्दछ ।

aajdekhi uthna thalyo fohor aajdekhi news.photo 4

प्रमुख जिल्ला अधिकारी सिरहा आएदेखि नै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भइ जनप्रिय कामहरु गर्न थाल्नु भएको छ । भर्खरै गोलबजार नगरपालिकाको बनको जग्गा व्यक्तिको नामबाट फिर्ता गराउनु , लहानको फोहोर उठाउन पहल गर्नु र कोभिड १९ नियणत्रणको लागि सक्रियता देखाउनुले उहाँको क्रियाकलाप जनपक्षीय रहेको आएको थोरै समयमा जिल्लाभरि चर्चाको विषय भएको छ 

 
लहान नगरप्रमुख साहसँग समृद्धिपथले फोहोर कहिलेसम्म उठने जिज्ञासा राख्दा आइतबारसम्म उठ्ने बताउनु भएको थियो । भनेकै अनुसार फोहोर व्यवस्थापन गर्न सफल हुनु भएकोमा लहान नगरपालिकाको यो प्रयासलाई नगरवासीहरुले सराहना गर्दै अबदेखि फोहोर उठाउन अवरोध सृजना नहोस धारणा स्थानीयहरुले खुसी हुँदै व्यक्त गरेका छन् ।

aajdekhi uthna thalyo fohor aajdekhi news. photo 5
प्रेस संगठन सिरहाका सदस्य युमना खनालले सहमति सहकार्य र एकताको माध्यमबाट लहानको विकासमा अघि वढनुपर्ने अबदेखि फोहोरमा फोहोरी राजनीति कहिल्यैपनि नहुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A