निष्पक्ष पत्रकारितामा जोड दिन नगरप्रमुख साहको आग्रह

  • भदौ ३१, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,भदौ ३१ गते । लहान नगरपालिकका नगरप्रमुख मुनि साहले निष्पक्ष पत्रकारितामा जोड दिन आग्रह गर्नु भएको छ । सिरहाको लहानमा प्रेस संगठन सिरहाका पत्रकारहरुलाई प्रेस ज्याकेट हस्तान्तरण गर्दै यस्तो बताउनु भएको हो ।


‘पत्रकारिता समाजको ऐना र सहि सूचना दिने माध्यम भएकोले यसको विश्वश्वनीयतामा प्रश्न नउठ्ने गरी प्रेस संगठन सिरहाको भूमिका हुनुपर्छ’, उहँले भन्नुभयो ।

nispaksh patrakaritama jod din aagrah photo 2

केहि पत्रकार मित्रहरुले राम्रो कामलाई पनि भ्रम सृजना हुनेगरी समाचार सम्प्रेण गरिदिँदा काम गर्न असजिलो महसुस भएको भन्दै सत्यलाई बङगयाउन नहुनेमा प्रेस संगठन सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

प्रेस संगठनले चासो देखाएमा लहान नगरपालिका भित्र संगठनको कार्यालय निर्माणको लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत प्रमुख साहले व्यक्त गर्नुभयो ।

प्रेस संगठनका केन्द्रिय सदस्य तथा प्रदेश २ का संयोजक हिरालाल चौधरीले पत्रकार महासंघका सदस्यता ग्रहण गरेका पत्रकारहरुले निर्धारित तोकिएकै समयभित्र नविकरण गरी संगठनप्रति इमानदार भएर पत्रकारको धर्म निर्वाह गर्न लाग्नुपर्ने निदेश्न दिँदै संगठन सुदृढीकरणमा समेत सिरहा शाखाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अर्का केन्द्रिय सदस्य मणिलाल विश्कर्माले प्रेस संगठनको बैठक नियमित रुपमा बसिरहनुपर्ने,प्रेस संगठनका पत्रकारहरु अन्य संगठनको भन्दा जनताको सहि सूचना समयमा सम्प्रेष्ण गर्न र आफ्नो पत्रकारिताको धर्म पालनामा चु्रक्न नहुने धारणा राख्नुभयो ।

nispaksh patrakaritama jod din aagrah news.photo 3

सिरहा प्रेस संगठनका संयोजक राम भरोसी महतोको अध्यक्षतामा बसेको बैठकमा प्रदेश २ का सदस्यहरु क्रमशः अनिरुध ठाकुर,रामा गुप्ताको, नेपाल पत्रकार महासंघ सिरहाका पूर्व सचिवहरु क्रमशः दिनेश देव,देवराज पोखरेल, जिवछ उदासी समेतको उपस्थितिमा सम्पन्न बैठकले संगठन सुदृढिकरणको लागि नियमित बैठक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

nispaksh patrakaritama jod din aagrah news.photo 4

प्रेस संगठनका केन्द्रिय सदस्य दिलिप सिंह प्रदेश सदस्य रमा गुप्ता र जिल्ला कार्य समिति सिरहाका सदस्य जिवछ उदासीको पहलमा प्रेस संगठनका ज्याकेट काठमाण्डौबाट ल्याउन लहान नगरपालिकाले सहयोग गरेको संगठनका संयोजक राम भरोसी महतोले बताउनुभयो ।

 



लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A