जिवछ उदासी
लहान, लहान नगरपालिका २३ गढामा प्रदेश सरकारबाट जनता अवास कार्यक्रम अन्र्तगत २४ डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएपछि त्यस वडाका डुम समुदाय हर्षित भएका छन् ।
प्रदेश २ सरकारबाट आएको जनता आवास कार्यक्रम अन्तर्गत गढामा रहेका २४ घर डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएको सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले जानकारी दिनुभयो । उहाँको अनुसार प्रति परिवार तीन लाखको दरले ७२ खाखमा पक्की घर निर्माण हुन लागेको हो ।
तराई मधेशका बस्तीहरुमा अझैसम्म डुम समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको प्रदेशसभा सदस्य यादवले भन्दै यस समुदायको उत्थान र आर्थिक अवस्था मजबूत बनाउने उद्येश्यले पहिलो चरणमा जनता आवास कार्यक्रम अन्तर्गत आवास निमार्ण कार्यलाई प्रदेश सरकारले जोड दिएको बताउनुभयो । उहाँको अनुसार प्रति परिवारलाई दुई सुत्ने कोठा, एक भान्सा र एक शौचालय निर्माण गरिनेछ ।

डुम समुदायको उत्थान भएपछि जातीय विभेदको खाल्डोहरु समेत पुरिदै जाने उहााले भन्दै तीनै तहको सरकारले सामजिक न्याय र समृद्धिकोको लागि सामाजमा पछि परेका वर्ग समुदायको हितमा काम गर्न आफूले यस क्षेत्रको प्रदेशसभा सदस्यको हैसियतले चुनावमा गरेका प्रतिवद्धताहरु पुरा गर्न सक्रिय रहेको प्रष्टयाउनुभयो ।
लहान नगरपालिकामा ५ नम्वर वडामा १२ घर परिवार र ११ नम्वर वडामा १२ घर परिवार दलितसमुदायमा पनि निकै आर्थिक सामाजिक रुपमा पछि परेका डुम मेस्तर र मुशहर समुदायको घर निर्माण तराइ मधेश समृद्धि कार्यक्रम अन्र्गत सम्पन्न भएपछि प्रदेश सरकारको सहयोगमा गढाका डुम समुदायको लाग पक्की घर निमर्काण कार्यले लहान नगरपालिकाका दलितहरुको समस्या समाधानमा सहयोग पुगेको लहान नगरप्रमुख मुुनि साहले बताउनुभयो ।
घर निर्माणको शिलान्यासपछि स्थानीय गढाका डुम समुदाय खसाध्यै खुसी देखिएका छन । डुम समुदायको घर निर्माण गरिदेला भने आश थिएन । तर प्रदेशसभा सदस्य यादवले शिलान्यास गरेर दुई चार महिना भित्रै यस वडाका सबै डुमहरुको पक्की घर निर्माणको लागि प्रतिवद्धता व्यक्त गरे लगतै सबै निर्माण सामग्री आउनुको साथै एक कार्यक्रमकोबीच शिलान्यास गरेपछि हामी ढुक्क भयौ स्थानीय बिरजु मलिकले खुसी व्यक्त गर्नुभयो ।

स्थानीय यस वडाका नेकपाका नेता अशेश्वर यादवको पहलमा लहान नगरपालिकाको सक्रियतामा डुमहरुको पककी घर निर्माण कार्यबाट जनप्रतिनिधिहरु डुम समुदायको उत्थानको लागि लागि परेको अर्का दिपेन्द्र मरिकले भन्दै विभेद र छुवाछुतको दूरी पनि पहिलेको तुलनामा कम हुन थालेको अनुभव सुनाउनुभयो ।
सिरहा जिल्लामा दुई हजारको संख्यामा रहेको डुम समुदायहरुको अवस्था अत्यन्तै दयानीय हुनुको साथै सामाजिक, राजनीतिक र शैक्षिक रुपमा पछि परेको डुम समुदायको उत्थानको लागि गढामा प्रदेश सरकारबाट निर्माण हुन लागेको पक्की भवनले आशा जगाएको डुम कल्याण समाज सिरहाका अध्यक्ष रामचन्द्र मरिकको भनाइ रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A