हराएको छोरा पाएपछि आमा सलमानुको त्यो दिन त्यो क्षणलाई पत्रकारको रुपमा सम्झिँदा

  • असोज ४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,गएको शुक्रबार २ गते असोज विहान मेरो मावाइलमा घण्टी बज्यो । फोन रिसिभ गरे । मलाई राजविराजकी महिला मानव अधिकारवादीको क्षेत्रमा ख्याती कमाएकी आभा सेतु सिंहको फोन थियो । उहाँले त्यार रहनुहोला भन्नुभयो । आधा घण्टाभित्र लहान आइपुगछौ । जाने गन्तव्य स्थलको बारेमा एकदिन अघि नै जानकारी गराउनु भएको थियो । म नाई भन्न सकिन्नँ । तयारीमा जुटे । लहानको मुख्य चोकमा पुगेपछि उहाँ सबार चार चक्के गाडीमा म बसे । माडर भन्सारमा पुग्नु थियो । माडर जान चोहर्वा चोकमा पुगेपछि हराएको बालक मनोज भन्ने रियाज मन्सुरीको आमा सलामुन निसाले रौटहट यमुनामाई गाँउपालिका १ का वडाध्यक्ष नन्दलाल यादव , समाजसेवी रघुनाथ मुखिया,आरडिसी नेपाल संस्थाका प्रतिनिधि प्रेम शंकर यादव एक जना रौतहट जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतका स्कोरपियोमा आएका सबै चोहर्वा चोकमा आपसी परिचय गरी माडरतर्फ जाने तयारीमा लाग्यौ । माडर पुग्नुभन्दा अगाडि जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सहावलाई समेत आभा सेतु सिंहले जानकारी गराउनुभयो । एसपी सहावले उत्ताबाट बालकलाई रिसिभ गरेपछि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर जानु होला भन्नु भयो । चोहवाबाट दुबै गाडी माडर पुग्यौ । १२ बजेतिर माडर पुगेपनि भरतको सुपौल जिल्ला बालगृहबाट हराएको बालक साँझ माडर नाका आइपुग्यो ।

salmanu katha.photo 2

दुई वर्ष अगाडि रौतहट जिल्ला यमुनामाई १ सुकदेव चोकबाट मनोज भन्ने रियाजलाई त्यहि वडा बस्ने आफन्तमाा पर्ने ३० वर्षिय सद्याम हुसैन भन्ने व्यक्तिले मनोजलाई दिल्लीको ब्याग फ्याक्ट्रीमा काम सिकाइ दिने र पछि निकै कमाई हुने ललाइ फकाइ दिल्ली पुरयाएको थियो । दिल्ली पुगेपछि मनोज भने रियाज दिल्लीमा चिया लिन पठाएको वेला चिया पसलबाट बसिरहेको डेरामा आउन नसकेर अलपत्र परे । अलपत्र परेको मनोज दिल्लीमै हराएको खबर आमा सलमानु निसाले पाएपछि छोराको खोजीको लागि समाज प्रहरी प्रशासनमा पुग्दा दुई वर्षमा चानचुन दुई लाख रकम साहु महाजनबाट व्याजमा लिएर खर्चिसकेका थिए । कोभिड १९ को कारण सद्याम दिल्लीमा आफ्नै पत्नीलाई समेत एक फैक्ट्रीमा बेचेर घर आइसकेका थिए । पछि सद्यामका श्रीमतिलाई दिल्लीमा भएका आफन्न्तहरुले बीस हजार रकम तिरेर घर पठाई दिए । सद्यामका पत्नीले मनोजको बारेमा सारा वृतान्त सुनाएपछि दिल्लीमा छोरा जीवित अवस्थामा नरहेको आमा सलामानुलाई लाग्यो । त्यतिवेला देखि चिन्ता दिन दुइ गुणा रात चार गुणले सताउन थालेको कथा वयाथा सुनााउदा सुनाँउदै सलमानुनिसाले आसु झार्दै छोराको पर्खाइमा  आफ्ना पीडाहरु सुनाइ रहनुभयो ।

salmanu katha.photo 3

चिया लिन गएको मनोज अलपत्रमा परेपछि नजिकैबाट ट्रेन गइरहेको आवाज सुनेपछि खोज्दै दिल्लीको रेलवे स्टेशन पुगेछ । स्टेशनमा रोइरहेको वेला नेपालको सीमानासँग जोडिएको विहारकी सुपौल जिल्लाकी राम थरकी महिलालाई दया लागेपछि नरोउ बाबु मसँग जाउ तेरो घर पुरयाई दिन्छु भनेपछि मनोज भने रियाज आउन तयार भए । सुपौलकी महिलाले आफ्नो घरमा एक वर्ष राखेर छोरा जस्तै लालनपालन गरेर पढाउन लगाएको मनोजले सुनायो । पछि सुपौलमा रहेको बालगृहमा सम्पर्क गरेर मनोजलाई बालगृहमा राखिदियो । बालगृहमा मनोजको पढाई खाना बस्ने प्रबन्ध भयो । सुपौलको बालगृहबाट सप्तरीका (सेकडीहुरफ) सेतु सामुदायिक विकास तथा महिला मानव अधिकार मञ्च केन्द्रिय कार्यालय राजविराजका अध्यक्ष जङग बहादुर सिंह र उहाँको पत्नी महिला अधिकारकर्मी अभा सेतु सिंहलाई जानकारी भयो । उहाँहरुलाई जानकारी भएपछि रौतहट प्रहरीमा जानकारी गराएर मनोज भने रियाज र आमा सलमानु मन्सुरको नागरिकता फोटो सबै डकुमेन्टहरु १५ दिनसम्म अथक प्रयास गरेर सबै कानुनी प्रक्रिया पुरा गरेर हराएको मनोज रियाजलाई सिरहाको माडर नाकाबाट बुझेर जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरीले कागज तयार गरी जिलला रौटहट यमुनामाइ गाँउपालिका १ जेठरियाकी सलमानु निसालाई बुझायो । सिरहाबाट रौतहट लैजाने लाग्ने सम्पूर्ण खर्च रोतहटका आरडिसि संस्थाले वयोहोर्ने र मनोजलाई पढाउने खर्च समेत दिइने संस्थाका सचिव प्रेम शंकर यादवले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


यी त भए छोटो जानकारी । जब आमा सलमानुले छोरा मनोजलाई दुई वर्ष पछि भेटाइन । उहाँमा हर्षले झरेको आशु हेर्दा त्यहाँ सबैलाई रुन बाध्य बनाइ दिएको थियो । सलमानु निसाले छोरा खोज्न खर्च भएको तीन लाख सबै असूलभयो । मेरो छोरालाई दुई वर्ष पालन गर्ने सुपौलकी महिला दिदी , त्यहाँको बालगृह र खोज्न अथक प्रयास गर्ने सप्तरीका संस्थाका अध्यक्ष जङग बाहादुर सिंह , आभासेतु सिंह र उहाँको छोरा संस्थाका कर्डिनेटर राजहंस सिंहको प्रयास र यमुनामाई गाँउपालिकाका समाज , वडाध्यक्ष नन्दलाल यादव, सहयोग गर्ने संस्था आरडिसी नेपाल लगायत प्रहरी प्रशासन मेरो लागि देउता भएर आयो । हिन्दु मुस्लिम हामी सबै मानव हौ । मानव धर्मको पालना भएको छ । सबैको आशीर्वादबाट भेटाएको छोरालाई पढाएर इन्सान बनाउने मेरो धोको छ । आमाको यी वाक्यहरु सुनिरहँदा मलाई पनि अनुभूतिभयो । मानवता र मानवीय धर्मको पालना र आफनो कर्मको परिणाम आज आमाले छोरा भटाइन । यो अनुभव ,त्यो सम्झना कहिलेपनि मेरो दिल दिमागबाट मेटिने छैन । गोरखापत्रको पत्रकार भनेर सबै ठाँउमा मेरो परिचय गराउँदाको गौरवान्भूतिले मलाई कर्तव्यको पथमा अझै खटिरहन डटिरहन त्यो दिनभरिको गतिविधिले म आफै प्रशिक्षित भइरहेका थिए । अरु दुखानुभूति पनि भयो तर ती सबै खोल्नु उचित देख्दिनँ । जे होस् मनोज भन्ने रियाज एक सफल नागरिक र भविष्यका होनहार प्रतिभाशाली व्यपिक्तत्व बनुन । आमा सलमानुले दुई वर्ष छोराको खोजीमा बगाएका आशुको श्राप प्रहरी नियणत्रणमा रहेका सद्याम हुसैनलाई लागुन । कानुनी कारवाही होस । यहि कामना,,,,,,,,,,,,,,

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A