फिरोज सिद्दिकी,
लहान । सिरहाको लहानबाट प्रशारण भइरहेको रेडियो सरगम ९३ मेगाहर्ज पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७३ साल असोज १० गतेदेखि नियमित प्रशारण थालेको रेडियो सरगम आजदेखि चौथौ वर्ष पूरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको हो ।
‘हरएक मनको आवाज’ सुचना, संगीत र मनोरंजनका लागि हरपल तपाइको साथ’ भन्ने नारा सहित शेख मिडिया हाउस प्रालिद्वारा संचालित रेडियो सरगत ९३ मगाहर्ज सिरहा जिल्लाकै पहिलो ५०० वाट क्षमता भएको रेडियो स्टेशन हो ।
समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियोले नीति लिएको रेडियो सरगमका संस्थापक अध्यक्ष फिरोज शेखले बताउनुभयो ।
उहाँले विभिन्न जनचेतना मुलक शन्देश र रेडियो कार्यक्रम प्रसारण गरी समुदायमा चेतना अभिवृद्धी गराउन सहयोग पुर्याउने उद्देश्यका साथ विगत चार वर्षदेखि विभिन्न सूचनामूलक, समाचारमूलक, संरक्षणमूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सुरु गरेको बताउनुभयो ।
रेडियो सरगम ९३ मेगाहर्जले यसक्षेत्रका मुद्दालाई प्रमुख रुपमा उठाउँदै समाधानका लागि जिम्मेवार निकायलाई निरन्तर दबाब दिने काम जारी राखेको छ । यस्तै यसक्षेत्रका कला संस्कृति, साहित्य तथा भाषा र भेषभुषाको संरक्षण र सम्वर्धनका साथै यसलाई समूदायसम्म पुर्याउन पुलको काम पनि गरेको छ ।
सामाजिक एंव धार्मिक सद्भाव बलियो बनाई भाईचारा र बन्धुत्वको भावना जागृत गर्ने दिशामा रेडियो सगरम सधै गम्भिर र संवेदनशिल रहेको छ । राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार, बिधिको शासन र समतामुलक समाज निर्माण लगाएतका बिषयमा समर्पित गर्दै रेडियोले परिवर्तनको संवाहकका रुपमा काम गर्दै आएको छ ।
पाँचौ वर्ष प्रवेश कार्यक्रमको अवसरमा रेडियोका संस्थापक अध्यक्ष शेखले रेडियो सरगम ९३ मेगाहर्ज अझ प्रभावकारी रुपमा थप जिम्मेवार र जनउत्तदारयी भएर सबैको आवश्यकता र चाहाना अनुरुप समाचार, सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उहाँले सम्पुर्ण स्रोता, विज्ञापनदाता, शुभचिन्तक माहानुभावहरुमा हार्दिक शुभकामना सहित आभार प्रकट गरेका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A