परोपकार संस्थाले उदाहरणीय काम गरेको नगरप्रमुख साहको भनाई

  • आश्विन ११, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,कोरोना सङ्क्रमण फैलिन नदिनको लागि पछिलोपटक गरिएको निशेधाज्ञाको समयमा लहानमा विहान वेलुका गरवि मजदुरहरुलाई खाना खुवाउन परोपकार संस्थाले संचालन गरेको फुडबैंकले सकारात्क सन्देस र उदाहरणीय काम गरेको लहान नगरप्रमुख मुनि साहले बताउनुभयो ।


सिरहा जिल्लामा पुनः भदौ २७ गतेदेअि असोज १० गतेसम्म जारी गरिएको निशेधाज्ञाको समयमा लहानका परोपकार संस्थाले फुडबैंक संचालन गरेर उदाहरणीयम मात्रै होइन, विपद र संकटको समयमा प्रेरणादायी भूमिका समेत देलेको नगरप्रमुख साहले सराहना गर्नुभयो ।

foodbanklai sahyog garne sammanit 3 photo

उहाँले भन्नुभयो, ‘हाम्रो लहान समृद्ध लहानको नारालाई सफल बनाउनको लागि यस्तै संस्थाहरु चाहिएको छ जुन संकटको वेलामा काम लागुन । पटक पटक आइपर्ने विपद वयवस्थापन निरन्तर सरसफाइको लागि चेतना , शिक्षा , स्वास्थ्य र कृषिको क्षेत्रमा काम गर्ने संघ संस्थाचहरुलाई बढावा दिन र संरक्षण गर्ने काम नगरपालिकाले गर्ने छ ।’

लहान वडा नम्वर ७ का वडाधयक्ष राकेश रोशन गुप्ताले कोरोना महामारीको संक्रमण बढिरहेको वेला पारेपकार संस्थाले साझ विहान खाना खुवाउन गरेको प्रवन्धले लहानको गरीव दलित जनतालाई ठूलो राहत पुगेकोले यस्ता संस्थाहरुलाई लहानको सबै वडाहरुमा हुनुपर्ने तर्क गर्नुभयो ।

वडानम्वर ८ का वडाध्यक्ष विजय महतोले युवाहरु रचनात्मक र सृजनात्मक काम संकटको वेलामा गर्न परोपकार संस्थाबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।
जनता समाजवादी पाटीृका नेता राकेश झाले कोरोना महामारीको वेलामा पनि लहानका युवाहरुले मानीय धर्मको पालना र गरीव जनताको उपकार गर्ने परोपकार संस्थाको जति वढाइ गरेपननि थोरै हुने तर्क गनर््भयो ।

पत्रकारहरुको तर्फबाट जिवछ उदासीले लहान परिवर्तनको लागि बलिदानी समेत गरेका युवाहरु प्रिवर्तनपछि लहानको समृद्धि र विकासको लागि संकटको वेला दलीय दर्शन फरक भएपनि साझा विषयमा एक हुुनुपर्ने तर्क गर्दै यसको लागि समेत परोपकार संस्थाले आउने दिनमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।

foodbanklai sahyog garne sammanit 4 photo

रेडियो सरगमका प्रवनध निर्देशक फिरोज शेखले परोपकार संस्थाको तर्फबाट गरिएको कामको समाचार सम्प्रेषणमा रेडियो सरगमले खेलेको भूमिकालाई कदर गरेर सम्मानित गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

परोपकार संस्थाका अधयक्ष विनोद कुमार यादवले सम्मान कार्यक्रममा भदौ २७ गतेदेखि असोज १० गते विहानसम्म शहरी क्षेत्रका गरीव मजदुर गरी सात हजार ६ सय जनाले खाना खाएका छन् भने एक लाख ५० हजार विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिनुयो ।

उहाँको अनुसार लहान नगरपालिका प्रमुख मुनि साहले पाँच सय केजी चामल, ५० किलो दाल , १५ लिटर तेल,२५ किलो आलु र ४७ किलो प्याज लहान नगरपालिकाको तर्फबाट ७० किलो चामल,१० किलो दाल र तीन लिटर तेल सहयोग सहयोग प्राप्त भएको थियो ।

यसैगरी ओम प्रकाश चौधरी २८ हजार नेपाली काँग्रेसका नेता सन्तोष चौधरीले सात हजार गौरी नारायण साह पाँच हजार,जनता समाजवादी पाटीृका नेता राजु गुप्ता २८ हजार व्यापारी सुनिल सिंहान्ची २१ हजार,समाजसेवी राकेश झा २१ हजार,कैलाश चौधरी १४ हजार राकेश अधिकारी १४ हजार र सौरभ अग्रवाल २१ हजार आर्थिक सहयोग फुडबैंकलाई प्राप्त भएको अध्यक्ष यादवले हरहिसाव सार्वजनिक गर्नुभयो ।

foodbanklai sahyog garne sammanit news. photo 2

सम्मान कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साहले संचारकर्मी जिवछ उदासी, मनोज बनैता मिथिलेश यादव फिरोज शेख शिव कुमार साह लगायतका हरुलाई प्रमाण पत्र सहित सम्मानित गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा आर्थिक जिन्सी र समाचार सम्प्रेषण गर्ने पत्रकारहरु समेत गरी दुई दर्जन व्यक्तिहरुलाई खादा ओढाई प्रमाणपत्र सहित नगरप्रमुख साहले सममान गर्नु भएको थियो ।

 

 

 

 

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A