‘लिलानाथ श्रेष्ठलाई मन्त्री बनाउन नेकपाका शीर्ष नेतृत्व चुक्नु हुँदैन’ "सिरहाली जनताको बोली, श्रेष्ठलाई मन्त्री बनाउन नचुकौ प्रचण्ड ओली "

  • आश्विन ११, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी, लहान सिरहाली जनताको प्यारो नेता नेकपा एमालेको खम्बाको रुपमा जिल्लामा जनजनले चिनिरहेको लिलानाथ श्रेष्ठ दोश्रो संविधान सभाको निर्वाचनमा सिरहा ५ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादीका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा एमालेबाट उम्मेदबार भएपछि उहाँ थोरै मतले पराजित भएपछि देशैभरि प्रचण्ड जस्तो नेतालाई समेत चुनाव जित्न हमेहमे पार्नु हुने लिालनाथ श्रेष्ठलाई राष्टिय अन्तराष्ट्रिय अन्तराष्ट्रिय रुपमै उहाँ परिचित हुनुभयो ।

कहिलेदेखि बामआन्दोलनमा सक्रिय ?

सिरहा जिललाको गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वामा जनिमुनु भएको श्रेष्ठ २०३७ सालमा अनेरास्वियु जिलला कमिटिका सदस्य भएर विधार्थी राजनीतिबाट यात्रा सुरु गर्नुभयो । २०३७ साल चैत्र १४ गते नेपाल बन्दको लागि खटिनु भएको श्रेष्ठ जेल चलान समेत हुनु भएको थियो । २०४१ सालको स्वतन्त्र विधार्थी याुनियनको निर्वाचनमा काठममाण्डौ ल क्ककयाम्पसबाट क्याम्पसमा अनेरास्वियुको तर्फबाट सह सचिवमा निर्वाचित हुनु भएको श्रेष्ठ कानुनमा स्नातक हुनुहुन्छ । २०५१ सालदेखि २०७१ सम्म निरन्तर नेकपा एमाले जिल्ला कमिटि सदस्य, जिलला उपसचिव हुँदै जिल्ला कमिटि सचिव भएर काम गरिसक्नु भएको छ । २०४८ सालमा नेपाल युवा संघका जिल्ला सचिव समेत हुनु भएको श्रेष्ठ विधार्थी युवा हुँदै पार्टीमा निरन्तर लागि रहनु भएको छ । तीन ककार्यककाल जिलला  अध्यक्षमा समेत चुनिनु भएको श्रेष्ठ २०५४ सालमा सिरहा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएपछि उहाँ निकै लोकप्रिय छवि बनाउन सफल हुनुभयो । २०७१ सालमा राप्रताप राम प्रसाद बहुमुखी क्याम्पस गोलबजारका अध्यक्ष समेत हुनु भएको श्रेष्ठ २०७१ साल असारमा सम्पन्न नेकपा एमालेको आठौ अधिवेशनबाट केन्द्रिय कमिटिको सदस्यमा निर्वाचित भएपछि केन्द्रिय राजनीतिमा यात्रा सुरु गर्नु भएको श्रेष्ठ २०७४ सालको संघीय निर्वाचनमा सिरहा ३ बाट २३,२७२ मत प्राप्त गरी निर्वाचित हुनु भएको थियो ।


लिलानाथ श्रेष्ठको जनतासँग घुलमिल हुने स्वभावको सर्वत्र प्रशंसा

lila photo 2
जहाँ लिाल , त्यहाँ सिरहा जिल्ला भने नेकपा एमालेमा जनताको ओठे बोली रहेको थियो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको केन्द्रिय सदस्य समेत रहनु भएको श्रेष्ठ पार्टीभित्र यो समूह , तयो समूह भनेर कुनैपनि नेता कार्यकर्तालाई हेल्ला नगर्ने सबैको कुरा सुनेर समस्या समाधानमा लागि पर्ने स्वभाव प्रदेश २ का अन्य नेताहरुको तुलनामा उहाँमा यो गुण बढी रहेको नेकपाका केन्द्रिय सदस्य तथा बाम आन्दोलनका एक शिखरपुरुषहरु मध्ये सूयनाथ रान यादवका छोरा प्रमोद नारायण यादवको ठम्याइ रहेको छ । हो पनि उहाँ व्यवहारिक सैद्यान्तिक र विकासको लागि दृष्टिकोण भएको नेता हुनुहुन्छ भने उहाँसँग परिचित पार्टीभित्रको नेताहरु मात्रै होइन, अन्य दलका नेताहरु समेत उहाँको राजनीतिक शैलीको प्रशंसा गर्न चुक्नु हुन्न । राजनीतिमा नेताको स्वभाव पनि एक किसिमको सम्पति हो जुन सम्पति उहाँमा देखिएकै हो ।लिलानाथ श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने अभियानलाई सामाजिक सञ्जाल फेसबुक र समृद्धिपथ अनलाइनबाट यो अभियानलाई संचालन गर्दा नेकपाका धेरै नेताहरुसँग सम्पर्क गर्दा उहाँलाई यसपटक मन्त्री मण्डलमा समावेस गरेर विकासे मन्त्रीको जिम्मा दिएन भने अन्याय होला भने धारण व्यक्त गर्नु भएका छन् । उहाँको मिलनसार स्वभाव सबैसँग घुलमिल हुने ,मधेशी पहाडीको भेदभाव पटकै नगर्ने योग्य र क्ष्मतावान नेतालाई मन्त्री बनाउन पार्टीले चुक्नु हुन्न चारैतिरबाट माग हुन थालेको छ ।

यसकारण मन्त्री बनाउनै पर्ने साझा धारणा

प्रदेश २ मा नेकपा कमजोर देखिएकोले यसको जगलाई मजबूत बनाउन बढीमा चार जना कम्तीमा दुई जना मन्त्री बनाउनै पर्ने देखिएको छ । त्यसमा लिलानाथ श्रेष्ठलाई छाडनै नहुने हाम्रो माग रहेको पूर्व मन्त्रीहरुमा विश्वनाथ साह,राम कुमार यादव , धर्मनाथ साह प्रदेश सभाका माननीयहरुमा दिलिप साह,मदनसेन श्रीवास्तव, लगनलाल चौधरी ,प्रमोद यादव , नगरप्रमुखहरुमा लहान नगरप्रमुख मुनि साह,सुखीपुर नगरपालिका प्रमुख राम औतार यादव ,नरहा गाँउपालिका अध्यक्ष राम शरण यादव नेकपाका केपिन्द्रय सदस्यहरु गंगा प्रसाद यादव, जया घिमिरे,रामरति राम , उपप्रमुखहरुमा कर्जन्हा नगरपालिका उपप्रमुख ज्ञानी श्रेष्ठ,लहान नगरपालिका उपप्रमुख सरियार चौधरी सिरहा नगरपालिका उपप्रमुख डा. नविता यादव लगायत जिलला कमिटिका दर्जनौ नेताहरुसँग कुरा गर्दा लिालनाथ श्रेष्ठलाई मन्त्री बनाउन यसपाली नेकपाका शिर्ष नेताहरु मन्त्री बनाउन चुक्नु हुन्न हामी विश्वस्त रहेको प्रतिक्रियाहरु आइरहेका छन् । सिरहा जिल्लामा आठ वटा प्रदेश सभामा ६ स्थान जितेको , १८ वटा स्थानीय तहमा १० स्थानमा नेकपाको स्थानीय सरकार रहेको , विषम परिस्थितिमा समेत बाम आन्दोलनका खम्बाहरु रामवृक्ष यादव , जय गोविन्द साह , सुर्यनाथ रान यादव लगायत सयौ शहिदहरुले बलिदानी गर्नु भएको सिरहा धनुषा बाम आन्दोलनका केन्द्रविन्दु रहादै आएको पुरानो इतिहासलाई समेत हृदयगम गरी यस पटक सिरहाबाट प्रदेश २ लाई आउने दिनमा लाल किलला बनाउन लिलानामथ श्रेष्ठलाई मन्त्री बनाउन आवश्यक रहेको जनजनबाट उठिरहेको यो आवाजलाई नेकपाले कुन रुपमा ग्रहण गर्छ हेर्न प्रतिक्षारत रहेको सिरहाली जनताको भावनामा ठेस नपुग्नेतर्फ नेकपाको ध्यान जाओस ।

 

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A