चौथौ वर्षमा कामको रफतार बढाउनु पर्नेमा जोड

  • असोज ११, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरप्रमुख मुनि साह सुाडीले निर्वाचित जन प्रतिनिधिहरु विकास निर्माणका योजनाहरु अघि बढाउन कामको रफ्तार बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

तीन वर्षमा २३ किलोमिटर कालोपत्र ह्ने काम भइरहेको ३० किलोमिटर ग्राभेल १० किलोमिटर नयाँ सडक निर्माण,पुराने बजार स्तरवृद्धि,फुटपाथ पेभिङग कार्य भइरहेको,घण्टाघर , मल्टिमिडिया सूचना पाटी राख्ने कार्य हुने क्रममा सबै वडामा तोकिएको बजेटको ६० प्रतिशत लगाई सबै वडामा काम भएको ,पूर्वाधार निर्माणको लागि आवश्यक उकरणहरु खरिदगरी आत्मनिर्भर भएको खुटी नहर निर्माण कार्य सुरु हुनै लागेको उत्पादन र बजार वयवस्थापन कार्यमा जोड दिएको ,स्वास्थ्यतर्फ १० वटा स्वास्थ्य चौकी भवन निर्माण प्रक्रियमा रहेको,कोभिड– १९ रोकथामको लागि पीसिआर मेशिन खरिद प्रक्रियामा रहेको,नियमित रुपमा अहिले सम्म १२ सय जनाको जाँच गरेको , नियमित रुपले क्वाराइनटाइन संचालन गरी त्यसको व्यवस्थित प्रवन्ध गरेको कार्यक्रमहरु अघि सारी सकेको उहाँले बताउनुभयो ।

lahan nagarpalika 4th yearma prabesh.photo 2

चार पृष्टको प्रस्तुत प्रगति विवरणमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रको गुणस्तर सुधारको लागि नियमित प्रयासहरु भइरहेको,शिक्षक छात्रा आवासयुक्त प्राविधिक समेतको शिवशक्ति माध्यमिक महिला विद्यालय निर्माण क्रममा रहेको विद्यापति भानुभक्त वाचनालय भवन निर्माण भइ संचालन हुने अवस्थामा रहेको सबै विद्यालयका खाजा वापत नगद वितरण गर्ने गरेको लगायत ६ बुँदे कार्यक्रम समेटिएको छ ।

उद्योग व्यापारतर्फ औद्योगिक ग्राम स्थापनार्थ कार्यहरु जारी रहेको,वडा नम्बर १ स्थित तरकारी बजारलाई सलहेस दिनाभद्री आधुनिक तरकारी बजार तथा व्यापार केन्द्रको रुपमा निर्माण कार्य टेण्टर भइ सुरु हुन लागेको , वडा नम्बर २३ बथनाहामा हाट बजार व्यवस्थापनको लागि स्टल निर्माण कार्य सम्पन्न भएको आठ बुँदे कार्यक्रम समेटिएको छ ।

खानेपानीतर्फ आवश्यक्ता अनुसार खानेपानीको लागि टयुवेल वितरण गरिएको समिूहगत रुपमा बोरिंग गरी पानी वितरण कार्यक्रम संचालन गरेको,दातृ निकाय तथा खानेपानी संस्थालाई लहान नगरपालिकाको सक्रियतामा नापा भित्र १६ घण्टा पानी आपूर्ति व्यवस्थाको लागि कार्य अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ ।

प्रगति विवरणमा सामाजिक तथा धार्मिक कार्यक्रम अन्तर्गत सम्पूर्ण जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई भत्ता वितरणको साथै सहजीकरण ,बालपोषण कार्यक्रम निरन्तर रुपमा संचालन,राजदेवी मन्दिर तथा सलहेस सर्किट क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रम भएको लहान ७ मा अनुमानित ३ करोडको लगानीमा राम मन्दिर निर्माणको काम सुरु भएको,दुर्गा मन्दिर निर्माणको लागि डिपिआर प्रक्रियामा रहेको,एकिकृत वस्ती निर्माण भएको,विभिन्न पार्क निर्माण कार्य भइरहेको र वस पार्क निर्माण सम्पन्न भएको कार्यहरु रहेका छन् ।

सरसफाइतर्फ फोहोरबाट मोहोर कार्यक्रम अन्तर्गत वाटर एड, नगरपालिका संघ नेपालको समेत सहयोगमा सोलिड वेस्ट तथा फिकल प्राङगारिक मल उत्पादन कार्यक्रम अघि वढाएको रहेको छ भने कोभिड– १९ को महामारीको समयमा सम्पूर्ण नगरपालिकालाई स्यानिटाइज गरेको, गरीव दलित मजदुरलाई राहत वितरण गरेको खाना सहितको क्वाराइनटाइन व्यवस्थापन गरेको कार्यहरु बँदागत रुपमा समेटिएको छ ।

lahan nagarpalika 4th yearma prabesh.photo 3

प्रगति विवरण प्रस्तुपछि पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ सिरहा शाखाका अधयक्ष दिनेश्वर प्रसाद गुप्ता र प्रेस संगठन सिरहाका सदस्य पत्रकार जिवछ उदासीले ध्यान अकर्षण गराउनु भएको विषयहरुको जवाफ दिँदै नगरप्रमुख साहले भन्नुभयो, हाम्रो लहान समृद्ध लहान कुनै राजनीतिक नारा मात्रै नभएर सम्पूर्ण लहान नगरवासीको साझा नारा भएकोले विकासको काममा कुनै पनि दल वा व्यक्तिले तगारो खाडा नगरी सहमति सहकार्य र एकताको माध्यमबाट अघि बढन र विकास निर्माणमा ठेकेदारहरुबाट भइरहेको ढिलासुस्तीले उत्पन्न समस्या, फोहोर व्यवस्थापन र शिक्षा क्षेत्रमा आइपरेका व्यवधानहरु हटाउन नगरपालिकाले रफतार गतिमा गर्ने विकासका कामहरुमा पत्रकारहरुले साकारात्मक रुपमा लिएर कलम चलाई दिनुपर्ने आवश्यक्ता छ ।

स्वागत मन्तव्य नगरउपप्रमुख सरियार कुमारी चौधरी, वडाध्यक्षहरुको तर्फबाट २४ नम्वर वडाका वडाधयक्ष कमलदेव यादव र वडा नम्वर ७ कान वडाध्यक्ष राकेश रोशनले समेत विकास निर्माणको गति तीव्र पार्नुको साथै अनुगमनको पाटोलाई सक्रिय पारेर अघि वढनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेम भुषामल, शिक्षा संयोजक तथा वडा नम्बर ११ का वडाध्यक्ष राज कुमार साह , वडा नम्बर १४ का वडाधयक्ष महेश श्रेष्ठ, वडा नम्बर १३ का वडाध्यक्ष इशव्र वाहादुुर बस्नेत, १७ नम्वर वडाका वडाध्यक्ष प्रथमलाल चौधरी , २२ नम्वर वडाका वडाधयक्ष विन्देश्वर यादव, ९ नम्वरका वडाध्यक्ष प्रदिप चौधरी ,१६ नम्वरका वडाध्यक्ष गरुड वाहादुर जर्घा मगर,१० नम्वरका वडाध्यक्ष मन्टी कुमार मण्डल , नगरपालिका स्वास्थ्य जन अधिकृत राम सुन्दर यादव , कानुनी सल्लाहकार प्रमोद भट्टराइ ,कृषि शाखा प्रमुख प्रकाश साह,न्ययिक समितिका सदस्यद्वय देव शरण पण्डित र शान्ति सदायको समेत उपस्थिति रहेको कार्यक्रमको संचालन सुचना अधिकृत संजय साहले गर्नु भएको थियो । कार्यक्रम सामाजिक दुरीको पालना गरी सम्पन्न भएको थियो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A