हिंसा प्रभावितहरुको न्यायमा पहुँचका लागि अन्तर्कृया कार्यक्रम सम्पन्न

  • असोज १२, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावितहरुको न्यायमा पहुँचका लागि जिल्ला स्तरीय अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सिरहाको लहानमा ओरेक नेपाल सिरहा शाखाद्वारा सामाजिक दिवस सप्ताहको अवसरमा अन्तर्कृया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले नागरिकमा सचेतना वृद्धि नभएसम्म हिंसाको घटनामा कमि नआउने बताउनु भयो । न्याय सुनिश्चित गर्ने जिम्मेवारी भने प्रत्येक नागरिकको हो । नागरिक सचेतना र क्रियाशीलताबिना न्याय सुनिश्चित हुन नसक्ने धारणा राख्नु भयो ।

उहाँले नेपाली नागरिकलाई नागरिकता लिन कुनै समस्या नरहेको बताउदै मनमा भएको डर र भयलाई हटाएर सही कामका लागि अघि बढन आग्रह गर्नु भयो ।

लहन नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका अध्यक्ष सरियार कुमारी चौधरीले कोभिड–१९ को बेला पनि हिंसाका घटनामा कमी नआएको बताउनु भएको छ । लहान नगरपालिकामा महिला हिंसाको घटना बढी आउने गरेको जानकारी दिनु भयो ।

नेपालको संविधानले जनताको सार्वभौमिकता, स्वशासन र स्वायत्तताको अधिकार नागरिकलाई दिएको छ। यसले नागरिकमा सामाजिक एवं आर्थिक न्याय हुने र समानता, सहभागितासँगै समृद्धि प्राप्त गर्ने अवसर प्राप्त भएको उपप्रमुख चौधरीले बतउनु भयो ।

न्यायिक समिति सक्रिय हुन थालेपछि सामाजिक न्याय बलियो बन्दै गएको बताउदै अब समाजमा हुने अपराधहरू घट्दै र कमजोर हुँदै गएको बताउनु भयो । उहाँले स्थानीय सरकारको मुख्य काम ‘सुशासन’ भएकाले न्यायिक समिति सक्रिय भएर ‘न्याय’ दिनेकाम गर्नका लागि बलियो हतियार ‘मेलमिलाप’ लाई बनाएकाले न्याय सहज भएको अनुभूति धेरैले गर्न थालेको बताउनु भयो ।

ओरेक नेपाल सिरहाका अध्यक्ष ज्योती तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पंजियार, इन्सेक प्रतिनिधि दुर्गा परियार, पत्रकार मनिलाल विश्वकर्मा, मनोविमर्शकर्ता रेणु कर्ण लगायतकाले आ–आफ्ना धारणा राख्नु भएको थियो भने ओरेक नेपाल सिरहा शाखाकी मनोविमर्शकर्ता देवकुमारी महराले कार्यक्रम संचालन गरेकी थिइन ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A