जिवछ उदासी
लहान,असोज १५ गते । लहान नगरपालिका ५ मा शिवशक्ति महिला अवासीय विद्यालय निर्माण कार्य सुरु भएको छ । एक औपचारिक कार्यक्रमको बीच लहान नगरप्रमुख मुनि साह सुँडीले विहिबार शिलान्यास गर्नु भएको हो ।
कक्षा ८ देखि १२ कक्षासम्म संचालन हुने अवासीय विद्यालयमा ४० जना छात्रा र पढाउने शिक्षिकाहरुको समेत अवासीयको व्यवस्था हुने यस विद्यालयमा प्राविधिक धारतर्फको पहिलो महिला विद्यालयको रुपमा यस भेगकै पहिलो र नमूना विद्यालय भएको नगरप्रमुख साहले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रमा गौरवको परियोजना थालेकोले विद्यालय निर्माणदेखि संचालन कार्यमा स्थानीयहरुले अवरोध नपुरयाई सहयोग गर्न उहाँले आग्रह गर्दै बजारमा विद्यालय निर्माणको कार्य सुरु हुने प्रचारप्रसार भएपछि हिन्दु मुश्लिमको रुपमा धार्मिक सहिष्णुतालाई खलबलाउने गरी केहि व्यक्तिहरु लगि परेकोले अपवाह र हल्लाहको पछि नलाग्न सबैलाई सचेत गराउनुभयो ।
आफू लहान नगरपालिकामा २०५४ सालमा पहिलो पटक नगरप्रमुखमा निर्वाचित भएपछि महिला अवासीय विद्यालय निर्माणको लागि २०५७ सालमा थालेपनि पहिलो कार्यकालमा सफल नभएपनि यस पटक सफल गरी छाड्ने प्रतिवद्धता प्रमुख साहले व्यक्त गर्दै विकास निर्माणको कामहरुमा तगारो खडा नगर्न सबैमा आग्रह गर्नुभयो ।
२०७८ साल पुष १५ गतेसम्म सम्पन्न हुने गरी कविन्द्र यभान्सु इशा जेभि ३ ललितपुर निर्माण सेवाले ३ करोड ५१ लख एक हजार २६१ रुपियाँ ९५ पैसामा लिएको ठेक्का तोकिएकै समयमा सम्पन्न हुने गरी काम सम्पन्न गर्ने ठेकेदार संजय यादवले प्रतिवद्धता वयक्त गर्नुभयो ।
समयमा काम सम्पन्न गर्न नगरउपप्रमुख सरियार कुमारी चौधरी,शिक्षा संयोजक राज कुमार साह, योजना शाखाका वरिष्ट इन्जिनियर शत्रुधन चौधरीले समयमै पवरियोजना सम्पन्न हुने शुत्रकामना र प्रतिवद्धता व्यक्त गरेको तयस कार्यक्रमको अधयक्षता ५ नम्वर वडाको वडाध्यक्ष सुलेमान अन्सारीेले गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A