जिवछ उदासी
लहान, कसले के बोल्छ ? मेरो बदनामी गर्न किन पछि परेको छ ? म वास्ता गर्दिन, काममा विश्वास गर्छु र जनताको साथमा रमाउछु । यी भनाईहरु लहान नगरप्रमुख मुनि साह सुँडीले व्यक्त गर्नु भएको छ ।
लहान १९ नौडेगा र २३ करैया जोडने सडक फराकिलो विकास निर्माण कार्यको आइतबार अनुगमन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।
ग्रामीण जनताको माझमा पुग्नु भएको नगरप्रमुख साहलाई स्थानीयहरुले तपाईको बारेमा केहि दलका नेताहरुले अनावश्यक भ्रमको खेति गरिरहेको छ नि ? भने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, कुनै पनि व्यवस्थाको गुण र अवगुण हुन्छ,लोकतान्त्रिक वयवस्थामा विरोध गर्न छुट छ तर विना आधार कसैको चरित्र हत्या गर्ने सडक नाटकहरु पनि भइरहेको छ । यसको पछि लाग्नु हुँदैन । काममा विश्वास र जनताले सुम्पेको जिम्मेबारीमा भरोसा गर्ने मेरो स्वभाव भएकोले कसले के भन्छ ? कसले के गरयो त्यतातर्फ समय खर्चिनुभन्दा कामलाई महत्व दिएको छु ।
किसानहरुको लागि केहि योजना छ कि भन्ने स्थानीयहरुको जिज्ञासामा नगरप्रमुख साहले यस वर्ष यस वडामा दुई सय विगहामा उन्नत धानवाली उत्पादन गर्ने कार्यक्रम नगरपालिका कृषि शाखाबाट आउने भन्दै उन्नत जातको विउ र मलखाद्य समेत नगरपालिकाले उपलब्ध गराएर उत्पादन हुने धान पनि नगरपालिकाले खरिद गरिने प्रष्टयाउनुभयो ।
यो सडक फराकिलो हुने विश्वास थिएन । स्थानीय नेता अशेश्वर यादव र दिलिप यादको प्रयास र नगरप्रमुख साहको विकासप्रतिको मोहले संभव भएको लहान २३ का स्थानीय मिश्री महतोले बताउनुभयो ।
लहान २३ मा हाटबजार वयवस्थापनको लागि भवन निर्माण विभिन्न सडक निर्माण आपतविपताा जतिवेला पनि आइपुग्ने नगरप्रमुख साहको विकासवादी छविले कडैयाको जनताहरु हर्षित रहेको स्थानीय सुशील यादवले बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A