सरसफाइलाई व्यवस्थित गर्न सबैले सहयोग गर्नुपर्ने नगरप्रमुख साहको आग्रह

  • असोज २४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, सरसफाइलाइ व्यवस्थित गर्न र सडकमा लाग्ने भीडभाडलाई कम गर्न नगरप्रमुख मुनि साहले सबैसँग आग्रह गर्नु भएको छ । मुख्य सडकमा हुने भीडभाडलाई हटाउन नयाँ वसपार्क असोज २५ गतेदेखि पुनः संचालनमा ल्याउने भएको छ ।
नयाँ वसपार्कमा वस संचालनको लागि सरोकारवाला निकायहरुसँग छलफल गरेर निष्कर्षमा पुग्दै प्रमुख साहले यस्तो बताउनु भएको हो ।

कोरोना महामारीको कहरमा बन्द हुन पुगेको वसपार्क संचालनको लागि बस वयवसायी संघ,म्याजिक संघ ,जिल्ला ट्राफिक कार्यालय लहान, सशस्त्र प्रहरी वेस कयाम्प लहान र इलाका प्रहरी कार्यालय लहानको उपस्थितिमा सम्पन छलपलमा उठेका प्रश्नहरु र वस व्यवसायी संघ र म्याजिक संघले गरेको मागलाई सम्बोधन गर्दै नगरप्रमुख साहले भन्नुभयो,‘हाम्रो लहान समृद्ध र सुन्दर लहानको नारालाई कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा नगरपालिकाले गरेको छ । कातिक १० गतेसम्म बसपार्कको शुल्क मिनहा,एक महिनाभित्रै पार्कको कालोपत्रे गर्नेछ ।’

buspark news.2 photo

ऐलानी पर्ति जगगामाम घर टहरा बनाई अतिक्रमण गरेको क्षेत्र खाली गर्नुको साथै सडकमा छाडिएका छाडा चौपाया, अव्यवस्थित पार्किङग नगर्न, बसपार्क संचालनको लागि सहयोग गर्न उहाँले भन्दै नगरपालिकाबाट जारी भएको सुचना अनुसार सरसफाइ सडकमा देखिएको अनावश्यक भीडभाड नगर्न छलफलबाट साकारात्मक सन्देस प्रवाह भएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापा क्षेत्रीले बसपार्क संचालनमा चाहिने शान्ति सुरक्षा दिन प्रहरी २४ घण्टा नै तयार रहेको भन्दै नगरपालिका क्षेत्रभित्र कारोना महामारकिो समयमा देखिएको भीडभाड नियणत्रण गर्न वसपार्क संचालन आवश्यक रहेको प्रष्टयाउनुभयो ।

buspark news.3 photo

छलफलमा सशस्त्र वेस कयाम्पका डिएसपी डम्बर राना र जिलला ट्राफिक कार्यालय लहानका प्रमुख दान वाहादुर मिरिचिङगले समेत चाहिने आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

व्स वयवसायीको तर्फबाट बस वयवसायी संघ लहानका सचिव विहारी रायले वस वयवसायीहरु ठूलो मारमा परेकोले एक महिनाको लागि बसपार्कमा शुल्क नलिन ,टर्निङगमा माटो भर्नुपर्ने र वसपार्कमा हुने हिलो र धुलोको समस्या आउन नदिन कालोपत्र गर्नुपर्ने माग राख्नु भएको थियो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A