दुर्गा परियार,
लहान । कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने गरी दलित जनकल्याण यूवा कल्बले सिरहाको १७ वटै स्थानीयतहको ७ सय ५० जना स्वास्थ्य कर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई बितरण गरेको छ ।
एक्सन एडक, दलित जनकल्याण यूवा कल्बकोे सहकार्यमा स्वास्थ्य कार्यालय सिरहाको समन्वय र स्टान्डर्ड चार्टडको सहयोग र बुधबार सिरहा जिल्लाका १७ वटै स्थानीय तहका ७ सय ५० जना स्वास्थ्यकर्मीहरुलाई पुन प्रयोग हुने पीपीई सेट प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र लहान नपाकी उप प्रमुख सरियारकुमारी चौधरीले एक कार्यक्रम बीच बितरण गर्नु भएको हो ।

बितरण कार्यक्रममामा मनतव्य राख्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कोरोना संक्रमण बडदै गएको अवस्थामा दलित जनकल्याण यूवा कल्बले पीपईि बितरण गरेर राम्रो काम गरेको बताउनु भयो । स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन यसैगरी अन्य संघसंस्थाहरुले पनि हातेमालो गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो । सबै तहलाई पीपीई प्राप्त हुनु खुशीको कुरा भएको भन्दै दातृ निकायलाई उहाले धन्यवाद दिनु भयो ।
पीपीई हस्तान्तरण कार्यक्रममा लहान नपाकि उप प्रमुख सरीयारकुमारी चौधरीले कोरोना संक्रमणको अवस्थामा स्थानीयतह, प्रदेश सरकार र केन्द्रीय सरकारले मात्रै रोकथाम र नियन्त्रन गर्न नसक्ने भएकोले स्थानीय संघ संस्थाहरुले पनि सहयोग र हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो । दलित जनकल्याण यूवा कल्बले पीपीइ लगायत अन्य सामग्री दिएर सहयोग पुर्याएर सराहनीय काम गरेको बताउनु भयो ।
यसैगरी एक्सन एड विराटनगर स्रोत केन्द्रका शिव नारायण चौधरीले कोरोन महामारीसंग अग्र पंक्तिमा खटने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्ने अवसर दिएकोमा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
पुन ःप्रयोगमा ल्याउन सक्ने पिपिई, चस्मा, ग्लोब्स, एन ९५ माक्स र ह्याण्ड सेनिटाईजर लगायतका सामग्रीको सेट १ हजार ७ सय १७ रुपीया बराबरको सेट जिल्लाको १७ वटै तहका स्वास्थ्य शाखा र कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न काम गर्ने कर्मचारीलाई लक्षित गरेर व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको दलित जन कल्याण युवा क्लब लहानका कार्यकारी निर्देशक बिनोद बिसुन्केले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्दैस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले पीपीईको प्रयोग पछि सफाई गरेर फेरी प्रयोगमा ल्याउने तरिका, संक्रमण जोखिम न्यूनीकरण र कोरोना संक्रमण न्यून गर्न स्थानीय तह तथा कर्मचारीको भूमिका विषयमा अनुशिक्षण प्रस्तुतीकरण समेत गर्नु भएको थियो ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A