जिवछ उदासी
लहान,लहान नगरपालिकाकको प्रवक्ता तथा वडा नम्बर ११ का वडाधयक्ष राज कुमार साहले ११ नम्वर पिडरबोनीमा सडक निर्माणको लागि पटक पटक सुचना दिएको बताउनु भएको छ । ११ नम्वर वडा कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले यस्तो बताउनु भएको हो ।
गएको शुक्रबार पिडरबोनीका शम्भु साह,श्रीलाल साह,अरुण साह र सजन साहको घर भत्काएको थियो । सुचना नदिए घर भत्काएर नगरपालिका र वडाध्यक्ष राज कुमार साहले अन्याय गरेको भन्दै सामाजिक सञ्जालहरु र विभिन्न मिडियाहरुको माध्यमबाट आरोप लगाएपछि वडाध्यक्ष साहको स्पष्टोक्ति आएको हो ।
पत्रकारहरुसँग नगरप्रवक्ता साहले भन्नुभयो,पटक पटक गरी सात पटक जानकारी मात्रै होइन, कति पटक त वडा कार्यालयमा समेत बोलाएर सडकमा पर्ने घर भत्काएर सडक निर्माण कार्यमा सहयोगको लागि गरेको आग्रहको कुनै वास्ता गर्नु भएन । यहि कातिक महिनासम्म ठेकेदारलाई सडक पीच गर्ने अन्तिम म्याद नगरपालिकाले तोकिएको अवस्था छ । त्यहि गाँउको सुरुमा थारु समुदायका व्यक्तिहरुले आफै घर भत्काएर सहयोग गर्नुभयो । आफू पनि तेली समुदायबाट वडाध्यक्ष र उता घर नभत्काउनेहरु पनि तेली समुदायको परेकोले जातीय कारणले घर भत्काउन आनाकानी गरेको आरोप लाग्ने गरेको थियो ।

नगरप्रवक्ता र शिक्षा संयोजक समेत रहनु भएको साहले लहान नगरपालिकाले सडक निर्माण र शिक्षा सुधारको लागि गरिरहेको कार्यमा बौद्धिक समुदायहरुबाट नै असहयोग भइरहेकोले काम गर्न अप्ठयारो महसुस भएको भन्दै हाम्रो लहान सुन्दर र समृद्ध लहानको सपना पुरा गर्न नगरपालिकाले थालेको विकास निर्माणको कामहरुमा कहिबाट असहयोग नगर्न सबैमा आग्रह गर्नुभयो ।
लहान नगरपालिकाले संविधानमै टेकेर नगरपालिकाले बनाएको शिक्षा नीति अनुसार शिक्षा क्षेत्रमा सुधार गर्नको लागि गरेको शिक्षक सरुवालाई रोक्न शिक्षकहरु चन्दा संकलन गरेर आदालतमा मुद्दा दायर गरी अन्तिरम आदेश गराएर सरुवा रोक्नु , लहान नगरपालिकाको मुटुमा रहेको श्री पशुपति आदर्श माविको प्रधानाध्यापक राम कुमार साहलाई हटाउन र तयस विद्यालयमा भएको एक करोडभन्दा बढीको भ्रष्टाचार लुकाउन ष्डयन्त्र भइरहेको साहले प्रष्टयाउनुभयो ।
यता लहान नगरप्रमुख मुनि साहले चुनावमा लहान नगरपालिकाका जनतासाग गरेका प्रतिवद्धताहरुमध्ये ९० प्रतिशत प्रतिवद्धता पुरा गर्ने गरी विभिन्न बाधा व्यवधानहरुलाई सामना गरी अघि बढिरहेको भन्दै विकास निर्माण लगायत शैक्षिक क्षेत्रको सुधारको लागि नगरपालिकाले थालेको पवित्र अभियानमा सघाएर हाम्रो लहान समृद्ध लहान बनाउन सहयोग गर्न सवैमा आग्रह गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A