किसानलाई जागरुक गराउन लाग्नुपर्ने नेता यादवको सुझाव

  • असोज २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,सुखी नेपाली र समृद्ध नेपाल बनाउनको लागि किसानहरुलाई जागरुक बनाउन कृषक समूहहरु लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले बताउनु भएको छ ।

लहान नगरपालिका १३ मा रहेको गोदाबरी कृषक समूहको चौथो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
सरकारको तीन खम्बे अर्थनीति अन्तर्गत एक सहकारी रहेको उहााले भन्दै कृषक समूहरुहरु सहकारीमा परिणत भएर देशको आर्थिक समृद्धिको लागि जागरुक हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले सरकारले कृषकहरुको लागि दिने अनुदान रकमहरु गैर कृषकहरुले समूह र सहकार िगठन गरेर रकमको लगानी अन्य क्षेत्रमा गरिरहेको छ । आफ्नै गाँउ ठाँउमा गठन गरेको सहकारीहरुमा जम्मा गरेको रकम न्यूनतम व्याजमा ऋण लगानी गरेर कृषकहरुको जीवन स्तर उठाउन लागौ ।’

kisan news.photo 1

कृषि अनुदानको लागि आएको रकम दुरुपयोग भइरहेकोछ, आफ्नै खेतबारीमामा उत्पादन गरेर सम्पन्न बन्न सकिने उपाय हुँदाहँदै युवाहरु विदेश जानु विडब्ना भएको नेता यादवले सुझाव दिँदै यसको अन्तयको लागि कृषकहरुलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय कृषक समूह महासंघका उपाध्यक्ष अमिरलाल यादवले सिरहाको भगवानपुर गााउपालिकामा दलित समुदायले गरेको करार खेति नमूना भएको भन्दै लहान नगरपालिकाको उत्तरी र दक्षिणी क्षेत्रको कृषकहरुलाई आत्मनिर्भर कृषि ज्ञान, सीप लगायत करार खेतिमा समेत ध्यान दिएर बचत गर्दै समूहमै लगानी गरेर गाँउ गााउमा सहकारी र घर घरमा रोजगारीको नारालाई कार्यान्वयन गर्न लाग्नुपर्ने तर्क गर्नुभयो ।

kisan news.photo 3

गोदाबरी समूह सहकारीमा परिवर्तन भएर यस भेगमा तरकारी खेति र पशुपालनको माध्यमबाट युवाहरुलाई रोजगारी दिन सफल होउन भन्दै लहान १३ का वडाध्यक्ष इश्वर वाहादुर बस्नेत ,शिक्षक राम प्रसाद यादव, राष्ट्रिय कृषक समूह महासंघका राम सेवक राम,लहान नगरपालिका कृषि शाखाका संजय महतो,राधा कृषक महिला समूहका जगदेव यादव लगायतकाहरुले साधारण सभा सफलताको शुभकामना दिनु भएको थियो ।

समूहका अध्यक्ष कपिलदेव यादवले समूहको प्रगतिको लागि समूहमा रहेको सदस्यहरु अझै सक्रिय हुनुपर्ने र वडा कार्यालयले सहयोग गर्नुपर्ने धारणा राख्दै ३३ जना सदस्यहरुबाट हितकोषमा अहिलेसम्म ९० हजार ९५० रकम जम्मा भएको जानकारी दिनु भएको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A