हाजिर नगराउने नीयतले अस्पतालमा मेसु कुशवाहाद्वारा तालाबन्दी

  • आश्विन २७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान , सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नु पर्दैन, यर्थात नै हो । लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानका मेडिकल सुपरीडेन्टेड सुनिल कुशवाहाले सरुवा भई आएको अर्का मेसु विरेन्द्र मण्डललाई हाजिर नगराउन सोमबार अस्पताल नियमित समयमा खुल्नुभन्दा अगाडि नै प्रशासन र आकस्मिक कक्षमा तालाबन्दी गरेर सम्पर्क विहिन हुन भएको थियो ।

lahan hospital nwes.photo 2
लहानबाट कलैया अस्पताल बारा सरुवा हुनु भएको कुशवाहा कुनै हालतमा लहान नछाडने नीयतले कलैया अस्पताल बाराबाट सरुवा भइ आउनु भएको मेसु विरेन्द्र मण्डललाई हाजिर गराउन नचाहेको अस्पताल विकास समितिले जनाएको छ । लगातार सात वर्षसम्म लहानमा मेसु भएर बस्नु भएको कुशवाहा अस्पताल नजिकै किलनिक संचाचलन गरेर अस्पतालमा पटकै समय नदिई अस्पतालको अवस्था दयनीय बनाएको स्थान्ीयहरुको आरोप रहेको छ ।

lahan hospital nwes.3 photo

२३ गते शुक्रबार नै फोन सम्पर्क गरेर हाजिर हुन आउनु भएको मेडिकल सुपरिडेन्टेड मण्डललाई हाजिर हुन नदिएपछि आइतबार कार्यालय समयमा आँउदा आफू गोष्ठीमा बाहिर रहेको भनेपछि सोमबार कार्यालय समयमा पुग्दा मुख्यद्वारमा पिसिआर जाँचको लागि सबै स्टाफ र चिकित्सकहरु बहिर जानु परेकोले अस्पतालका आकस्मिक कक्ष र प्रशासन बन्द गर्नु परेको सुचना टाँसेर मेसु सुनिल कुशवाहाले वाहाना गरेर बाहिर निस्कनु भएको अस्पताल विकास समितिका अध्यक्ष रोहित महतोले जानकारी दिनुभयो ।

उहाँको अनुसार राउ अस्पताल प्रदेश २ को सरकारले आफ्नो अधिनमा लिएपछि अस्पताल विकास समितिको अध्यक्षमा पठाएको तीन महिना भयो । तीन महिनामा अस्पतालमा पूर्ण समय मेसु कुशवाहाले तीन दिन पनि दिनु भएको छैन । पूर्ण रुपमा क्लिनिकमुखी भएर अस्पतालको अवस्था दिनप्रतिदिन खस्किँदै जान थालेको हो । प्रदेश सरकारले गरेको सरुवालाई समेत अटेरी गरी मेसु सुनिल कुशवाहा कलैयाबाट आउनु भएको मेसु विरेन्द्र मण्डललाई हाजिर गराउन नचाहेको र आफू पनि लहानबाट कलैया जान नचाहेर यस्तो गरिरहेको छ ।

मेसु कुशवाहालाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेपछि नयाँ रजिष्टर कायम गरेर सरुवा भइ आउनु भएको मेसु मण्डललाई विकास समितिले स्थानीयहरुको रोहबरमा हाजिर गराई प्रदेश २ को सरकार समाज कल्याण मन्त्रालय लगायत समबन्धित निकायहरुलाई जानकारी गराएको विकास समितिका अध्यक्ष महतोले जानकारी गराउनुभयो ।

lahan hospital nwes.photo 4

विकास समितिसँग कुनै समन्वय नगरी अस्पतालमा विरामीहरुको वास्ता नगरी अस्पतालमा आएका विरामीहरुलाई समेत नजिकै आफैले संचालन गर्नु भएको क्लिनिकमा लगेर उपचार गर्ने मेसु सुनिल कुशवाहाको रवैयाले स्थानीयहरु वाकदिक्क भएको स्थानीय देव नारायण महतोले बताउनुभयो ।

अस्पताललाई प्रदेश सरकारले ५० शैयाको अस्पताल बनाउन दाता परिवारबाट जग्गा रजिष्ट्रेशन गराउने पहल समेत भइरहेको अस्पताल विकास समितिका सदस्य गोपाल गुप्ताले भन्दै अस्पतालको प्रगति नचाहेको मेसु कुशवाहाको सरुवाको खवरले स्थानीयहरु खुसी भएका छन् ।

अस्पताल विकास समितिले अस्पतालको विकास र सुधार गर्न खोजेपछि मेसु कुशवाहाले असहयोग गरिरहेको अर्का स्थानीय नथुनी महतोले भन्दै प्रदेश सरकारले मेसु कुशवाहाको सरुवा गरेर राम्रो काम गरेको बताउनुभयो ।

प्रतिक्रिया लिन अस्पतालको मेसु कुशवाहासँग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सरुवा भइ आउनु भएको मेसु मण्डलले हाजिरै हुन नदिने मेसु कुशवाहाको नीयत देखिएको दुख व्यक्त गर्दै राम्रो गर्ने मनसुवा लिएर आएका थिए हाजिरै हुन अपठयारो गरेपछि मन खिन्न हुनु स्वभाविकै भएको निरासा व्यक्त गर्नुभयो ।

 





अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A