‘सामुदायिक विद्यालयको साँख उठाउन लागि परेका छौ’

  • कार्तिक १, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,सामु्दायिक विद्यालयको साँख उठाउन लहान नगरपालिकाले काम गरिरहेको नगरप्रमुख मुनि साहले बताउनु भएको छ ।

विजया दशमी दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना सहित लहान नगरपालिकाको प्रमुखद्वारा भवन शिलान्यास कार्यक्रको सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयको तुलनामा राम्रो गर्नुपर्ने प्रमुख साहले भन्दै उत्तरी भेगमा सगरमाथा माविलाई नमूना विद्यालय बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको प्रष्टयाउनुभयो ।

school sagarmatha news.photo 2

उहाँले भन्नुभयो,‘उत्तरी भेगमा नमूना विद्यालयको रुपमा सगरमाथा माविका वयवस्थापन समिति , शिक्षक र स्थानीयहरुको सहकार्यले यस विद्यालये सगरमाथा जस्तै उचाई हासिल गर्ने विश्वास लिएका छौ ।’

प्रकृतिको काखमा रहेको शक्तिपठिको रुपमा प्रसिद्ध राजदेवी पञ्चावती धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न यस वडामा पक्की सडक निर्माणको लागि ६ करोडको योजना,राजदेवी मन्दिर परिसरमा क्रमागत योजना अन्तर्गत यस वर्ष ४० लाखको धर्मशाला निर्माण कार्य सुरु र ३२ लाखको लागतमा सगरमाथा माविको भवन निर्माण कार्यको शिलान्यास जस्ता महत्पूर्ण कामहरु अघि सारेर यस वडालाई प्राथमिकतामा राखको प्रमुख साहले विश्वास दिलाउनुभयो ।

school sagarmatha news.photo 3


लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले विद्यालयको सामुदायिक विद्यालयको सुधारको लागि सामाजिक एकताको अवश्यक्तामा जोड दिनु हुँदै भन्नुभयो,सगरमाथा माविलाई नमूना विद्यालय बनाउन नगरपालिकाबाट सबै किसिमको सहयोग प्राप्त हुने तर्क गर्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष देव कुमार यादवले सगरमाथा माविको भौतिक संरचना लगायत रमणीय शैक्षिक वातावरण हुनुको साथै सुरक्षित र शान्त ठाँउमा अवस्थित यस विद्यालयको साँख उठाउन लहान नगरपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

school sagarmatha news.photo 4

लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहले लहान नगरपालिकाले सामुदायिक विद्यालयको साँख उठाउनको लागि शिक्षक सरुवा लगायत विभिन्न कार्यक्रमहरु अघि सारेको भन्दै शिक्षक सरुवालाई उच्च अदालत जनकपुरको राविराज इजलासले अन्तिरम आदेश जारी गरेर शिक्षक सरुवा रोकेर नगरपालिकाको मनोवल गिराउने कार्यले काम गर्न उत्साहमा कमि आएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो,सामुदायिक विद्यालयममा एक सय जना विधार्थीको नमावली भएपनि वास्तविक विधार्थी ४० जनासम्म मात्रै रहेको छ । सामुदायिक विद्यालयको सुधारको लागि व्यापक सुधारको खाँचो रहेको छ । सामुदायिक विद्यालयको सुधारको लागि स्थानीय सरकारले पाएको संवैधानिक अधिकारलाई लागु गर्न नदिए कसरी सुधार गर्ने ? अहम प्रश्न उठेको छ । स्थानीय सरकारलाई चौकीदारको रुपमा होइन, सरकारको रुपमा अधिकार प्रत्यायोजन गर्न आवश्यक रहेको छ ।

school sagarmatha news.photo6

शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रममा वडा नम्वर १५ का वडाध्यक्ष तेज नारायण चौधरीले शिलान्यास भएको भवन निर्माणको कार्य गुणस्तरी हुनुको साथै शैक्षिक सुधारको लागि सरोकारवालाहरु अझै सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको प्रधानाध्याक दोस्त बहादुर भट्टराइलेले स्वागत मन्तवय व्यक्त गर्दै विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक जिवछ यादवले गर्नु भएको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A