मन्त्री श्रेष्ठद्वारा अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास

  • कार्तिक १०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिका ७ मा सुविधा सम्पन्न १५ शैयाको अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास गर्नु भएको छ ।

शिलान्यास कार्यक्रममाा मन्त्री श्रेष्ठले स्थानीय तहबाट भ्याउने स्थानीय कामहरु स्थानीय तहले गर्ने , मझौला कामहरु प्रदेश सरकारले र ठूला कार्यहरु संंघीय सरकारबाट गरिने बताउनुभयो ।

lilanath 2 photo

उहाँले भन्नुभयो,सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अस्पताल वृद्धा आश्रम निर्माण गरेर यस भेगका जनाताको लागि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको छ । शिलान्यास भएपछि दु्रत गतिमा निर्माण कार्य सम्पन्न होस् ।

नौ करोड मूल्य बराबरको जग्गा दान गर्नु हुने दाताहरुको उच्च मूल्याङकन सामाजले पनि सधै गरिरहने मन्त्री श्रेष्ठले थप्नुभयो,‘आफू काम गर्नको लागि मन्त्री भएको छु । महिला बालबालिका र ज्येष्ठ नागरिककको समस्या समाधान गर्न लाग्ने छु । विकासको लागि काखा पाखा गर्दिन, सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।’

lilanath 3 photo

आफ्ना माता–पिताको सम्झनामा नौ करोड मूल्य बराबरबो जग्गा निशुल्क दान गर्नुहुने केदार श्रेष्ठ,हिरा श्रेष्ठ,मोतिलाल श्रेष्ठ,जवाहरलाल श्रेष्ठ र डा विष्णु प्रसाद श्रेष्ठलाई गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहले सम्मान गर्नु भएको थियो ।

lilanath 4 photo

कार्यक्रममा वडा नम्बर ७ का ज्येष्ठ,महिला तथा अपाङग नागरिकहरुलाई सम्मान गर्नुको साथै लाठि वितरण गरेको थियो ।

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A