जिवछ उदासी
लहान, कातिक २३ गते । युवाहरु समाजको विकासको लागि र सामाजिक विकृति हटाउन रचनात्मक कार्य गरिरहे लहान नगरपालिकाबाट सहयोग भइरहने लहान नगरपालिका प्रमुख मुनि साहले बताउनु भएको छ ।
लहान नगरपालिका ११ पिडरबोनीमा स्थानीय पडिरबोनी फुटवल क्लवका युवाहरुले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नगरप्रमुख साहले भन्नुभयो,‘म लहानको समृद्धि र विकासको लागि ललायिात छु । विकासको माहोल बनाउन युवाहरुमा रचनात्मक सोच आवश्यक छ जुन सोच पीडरबोनीका युवाहरुमा पाए । तपाई युवाहरु रचनात्मक कामहरुको थाल्नुी गर्नुस मेरो आवश्यक्ता जतिवेला महसुस हुन्छ, एक कल फोन गर्नुस म आइपुग्छु र युवाहरुको अभियानलाई सफल बनाउछु ।’

अर्जुनदृष्टि राखेर लहानको विकासको लागि नगरपालिकाले हाम्रो लहान, समृद्ध लहानको नारा दिएर अघि बढ्दा कैयन विकास निर्माणका कार्यहरुमा वाधा अर्चन सृजना गर्ने कार्यहरु भइरहेको छ नगरप्रमुख साहले भन्दै लहानको भविष्य लहानका युवाहरु नै रहेकोले युवाहरु सामाजिक जागरणको लागि कामगर्नुपर्नेमा जोड दिनुभयो ।

लहान ११ नम्वरका वडाध्यक्ष राजकुमार साहले यस वडाका युवाहरुले आफूलाई सहयोग र साथ दिएकोले पनि यस वडामा नमूना विकासको कार्यहरु गर्न सफल भइरहेको प्रष्टयाउनुभयो ।
उहाँले पीडरबोनी फुटवल क्लवका युवाहरुले खेलमैदानमा माटो पुर्ने, पक्की सडक निर्माण भएको दुबैतिर विरुवा लगाउने, सरसफाई अभियान संचालन गर्ने विहानी र वेलुका टियुशन संचालन गरेर गाँउमा शैक्षिक गतिविधि गरेर शिक्षा र चेतनाको कार्य गर्ने राम्रो सोच ल्याएकोमा वडा कार्यालयबाट चाहिने सहयोग गर्न तयार रहेको विश्वास दिलाउनुभयो ।

कार्यक्रमममा नेकपा जिल्ला कमिटि सदस्य अशेश्वर यादव ,११ नम्बर वडाका वडासदस्य पदमा चौधरी र वडा सदस्य राम चलितर राम उपस्थित रहनु भएको थियो भने गाँउमा गर्ने गतिविधिबारे पिडरबोनी फुटवल क्लवका अध्यक्ष मुकेश चौधरी र क्लवकै सदस्य राजेश चौधरलिे आफ्नो धारणा राख्नु भएको थियो ।
े
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A