नवराजपुरमा कानूनी सचेतना कार्यक्रम सम्पन्न

  • कार्तिक २७, २०७७
  • समृद्धिपथ
alt

दुर्गा परियार,

लहान । जिल्ला सरकारी वकिल कार्यालय सिरहा, नवराजपुर गाउपालिका, इलाका प्रहरी कार्यालय महेशपुर पतारीको आयोजना र इन्सेक, ओरेक, मुत्ति नेपाल र समग्रजनउत्थान केन्द्रको सहकार्यमा बुधबार महिला हिंसा तथा बोक्सीको आरोप सम्बन्धी कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बढदो महिला हिंसा र बोक्सीको आरोपमा महिलाहरु माथी भैरहेको दुरव्यवहार कम गर्न कानूनी ज्ञान प्रदान गर्न इन्सेक लगायत अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको सहकार्यमा जिल्ला सरकारी वकिलको कार्यालयले नवराजपुर गाउपालिकामा कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नवराजपुर गाउपालिकाको उपाध्यक्ष शोभा यादवले आफनै गाउपालिकामा बोक्सीको आरोपमा भएको अमानविय घटनाले देश सामुनै गाउपालिका बदनाम भएको बताउनु भयो । अब उपरान्त यस्ता अमानविय घटना दोहरीन नदिने प्रतिबद्धता गर्दै उपाध्यक्ष यादवले संस्थाहरुको सहकार्यमा सबै वडामा सचेतना मुलक कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

त्यसैगरी मानवअधिकारकर्मी सुनिल कुमार साहले यत्रो गाउको बीचमा एउटा महिला माथि सबैको रोहबरमा घटना हुनु निन्दनीय भएकोले सम्पुर्ण मानवजगत नै कलंकित भएको बताउनु भयो । यस्तो गल्ती नदोहरीनको लागि यूवाहरु अगाडी आउनु पर्ने र समाजलाई कलंकित हुन बाट जोगाउनु पर्ने जिम्मा यूवाको रहेको साहले बताउनु भयो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल एकराज अधिकारीले महिला माथी हुने हिंसाका घटनामा हुने सजाय तथा बोक्सीको आरोपमा नेपालमा भएका कानूनी प्रकृया बारे जानकारी गराउनु भएको थियो । अपराधीहरुलाई समाजले संरक्षण गर्दा दिनदिनै यस्ता घटनाहरु बढने भएकोले अपराधीलाई संरक्षण नगरि दिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा मानवअधिकारकर्मीहरु, महिला अधिकारकर्मी, शिक्षक, जनप्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

नवराजपुर गाउपालिका—५ मा भदौ २७ गते कथित बोक्सीको आरोपमा ४१ वर्षीया मुर्तिदेवी यादवलाई स्थानीयहरुले बोक्सीको आरोप लगाइ कुटपिट गर्नुका साथै अभक्ष खुवाएकोले सचेतनाको लागि सोही ठाउमा कार्यक्रम संचालन गरेको ओरेककी देवकुमारी महराले जानकारी भयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A