जिवछ उदासी
लहान,सिरहा सुसखीपुर निवासी लुम्बिनी प्रदेशप्रमुख धर्मनाथ यादवले याृेजनावद्ध परिश्रमलेमात्रै भाग्य फेरिने बताउनु भएको छ ।
लहान नगरपिालिका १३ नम्बर वडाले आयोजना गरेको गएको दशैं आउनै लागेको दिपावली र छठपर्वको अवसरमा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रत्येक वर्ष गरीव धनी र गरीवले लक्ष्मीपूजा गरेपनि गरीव झन् गरीव हुँदैजानु र धनि झन सम्पन्न हुँदै गइरहेकोले व्यक्तिगत , सामाजिक र देशकै भाग्य भविष्य बदलिनको लागि योजनाबद्ध परीश्रम गरेमात्रै भाग्य बदलिने प्रमुख यादबले बताउनुभयो ।
दशैंमा सत्यकर्म गनेर्् संकल्प लिनुपर्छ भने दिपावली लक्ष्मीपूजाले अज्ञानरुपी अन्धयाँरोलाई हटाएर ज्ञानरुपी उज्यालोतर्फ लाग्नुपर्ने र छठपर्वले समेत मानवीय स्वास्थ्य सामाजिक एकता र सदभावको पर्व भएको उहाँले प्रष्टयाँउदै असत्यमाथि सत्यको विजय होस भन्ने चाहना नै असली शुभकामना हुने बताउनुभयो ।
नारीको पूजा नहुने घरमा लक्ष्मीकोबास नहुने भन्दै घर घरमा छोरी बुहारीलाई बोझ र दबाब सृजना नगरी न्याय र सामनाताको दृष्टिले हेर्न आवश्यक रहेको प्रमुख यादवले तर्क गर्नुभयो ।
कार्यकर्ता र समर्थक जनताको आलोचना सुनेर आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने भन्दै आलोचनालाई सावुनसँग तुलना गरेर समीक्षा गर्न लाग्नुपर्ने उहाँले तर्क गर्नुभयो ।
नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले नेकपा पार्टीमा जमीन्दार शैलीको नेता कार्यकर्ताहरु भएको कारण पार्टीको जग मजबूत हुन नसकिरहेको अवस्था आएको बताउनुभयो ।

जीवनको लागि सिद्यान्त हुनुपर्छ सिद्यान्तको लागि जीवन नहुने उहाँले भन्दै पार्टीमा इष्र्या गर्नेहरुको भविष्य नहुने प्रष्ट्याउनुभयो ।
सुशासन भए समृद्धि आउने समृद्धि आए मात्रै शान्ति हुने तर्कगर्दै उहाँले भन्नुभयो,‘नेकपा पार्टी कुनै हालतमा फुट्दैन । पार्टीलाई बलियो र मजबूत बनाउन लाग्नुपर्छ ।’
अर्का केन्द्रिय सदस्य रामरति रामले पार्टी र जनप्रतिनिधिहरुबीच निरन्तर बैठक गरेर पार्टी र जनप्रतिनिधिबीच रहेको असमझदारी हटाएर सन्तुलित रुपमा काम हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा प्रदेश कमिटि सदस्य राजेन्द्र प्रसाद चौधरीले लहान नगरपालिकामा ठेकेदारहरुले सडक निर्माण कार्यमा कतैकतै गुणस्तरीहिन काम गरिरहेकोले जनप्रतिनिधिहरु सचेत र सतर्क हुनुपर्ने सुझाव दिनुभयो ।
नेकपाका नेता कार्यकर्ता र जनप्रतिनिधि र अन्य दलका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुकोबीच चारित्रिक भिन्ता हुनुपर्नेमा जोडदिनुभयो ।

शुभकामना कार्यक्रममा लहान नगरपालिका प्रमुख मुनि साहले आज शुभकामना आदान प्रदान गरौ पार्टी र जनप्रतिनिधिहरुले गरेको कार्यको समीक्षा गर्न चाडपर्व सकिने तलगतै वृहत्त अन्तरक्रिया हुनुपर्नेतर्फ ध्यानआकर्षण गराउनुभयो ।
प्रमुख साहले भन्नुभयो,वडा स्तरबाट छनौट भएका योजनाहरुलाई प्राथमिकतामा राखेर विकास निर्माणको काम गरिरहेको छ । नेकपाभित्र र बाहिरपनि विकासप्रेमी र विकासविरोधी रहेकाले नगरपालिकाले थालेका गौरवका योजनाहरु सफल हुन नदिन अवरोध खडा गरिरहेको छ । हाम्रो परिवारको नेता गंगा प्रसाद यादव हुनुहुन्छ, उहाँले दिएको निर्देशन र चुनावमा जनतासमक्ष राखेका घोषणापत्र अनुसार नै काम भइरहेको छ ।

लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले सिरहा जिल्लामा रहेको १७ वटै स्थानीय तहमा लहान नगरपालिका न्यायिक समितिले उत्कृष्ट काम गरेकोले विभिन्न निकायहरुबाट सम्मानित भएको बताउनुभयो ।
कार्यक्रममा लहान ११ नम्बर वडाका वडाध्यक्ष राजकुमार साह,जिल्ला कमिटि सदस्य कमल यादव र जिल्ला कमिटि सदस्य रिकमा विश्वकर्माले शुभकामाना दिँदै जनभावना अनुसार काम गर्न नेकपा पार्टी र नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु मिलेर जनताको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A