खेलकुदको माध्यमबाट समाजिक एकता मजबुत हुने नगरप्रमुख साहको भनाइ

  • मंसिर १, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,लहान नगरपालिका प्रमुख मुनि साहले खेलकुदको माध्यमबाट समाजिक एकता र सदभावलाई मजबुत बनाउन सकिने बताउनु भएको छ ।

लहान ११ का पिडरबोनी फुटबल क्लवले आयोजना गरेको प्रथम पि एफ सी फुटवल प्रतियोगिताको उद्घाट्न गर्नु हुँदै यस्तो बताउनु भएको हो ।

pidarboni khel nwes. photo 1

उद्घाटन समारोहमा नगरप्रमुख साहले भन्नुभयो, ‘पिडरबोनीको युवाहरुमा समाजको प्रगति एकता र सद्भावको भावना कायम गर्न खेलकुदको माध्यमकाट अघि बढ्न खोजेको छ जुन अन्य सामाजको लागि प्रेरणाको श्रोत पनि हो ।’

फुटबल खेलप्रति पुनः युवाहरुमा चासो देखिएको नगरप्रमुख साहले भन्दै फ्ुटबल खेललाई बढाबा दिन २४ वटै वडामा नगरपालिकाबाट प्रोत्साहित गर्ने सोच रहेको प्रष्टयाउनुभयो ।

pidarboni khel nwes.photo 3

११ नम्बर वडा विकास शिक्षा र चेतनाको हिसावले निकै अघि बढनुमा वडाध्यक्ष राजकुमार साह र यहि वडाबाट नगरउपप्रमुख सरियार कुमारी चौधरीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

उपप्रमुख सरियार चौधरीले युवाहरुको रचनात्मक र सृजनात्मक कार्यले उत्साहित बनाएको भन्दै युवाहरुले राम्रो कामको थालनी गरेमा नगरपालिकाबाट निरन्तर सहयोग रहेने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

pidarboni khel nwes.photo 4

११ नम्बर वडाका वडाध्यक्ष राज कुमार साहले पिडरबोनीका युवाहरुले वृक्षरोपण र खेलकुदको लागि गरेको मागलाई नगरप्रमुख साहबाट सहयोग भएकोमा नगरप्रमुख साह र उपप्रमुख चौधरीललाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

ख्ेलकुद सुरु हुनुभन्दा अगाडि नगरप्रमुख साह र उपप्रमुख चौधरीले पिडरबोनी युवा क्लवबाट थालेको वृक्षारोपण कार्यको संयुक्त रुपमा विरुवा रोपेर वृक्षरोपण कार्यको उदघाट्न गर्नु भएको थियो ।

pidarboni khel nwes.photo 5

सात दिनसम्म चल्ने फुटवल प्रतियोगिता स्रु गर्नुभन्दा अगाडि फुटबल मैदान तयार गर्न माटो पुर्न नगरपालिकाबाट सहयोग हुनुको साथै प्रथम दोश्रो र तेस्रो हुने विजेटा टीमलाई पुरस्कारको लागि समेत नगरपालिकाबाट सहयोग प्राप्त भएको क्लवका अध्यक्ष मुकेश चौधरीले जानकारी दिनुभयो ।

 

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A