लहान । लहान नगरपालिकाका नगरप्रमुख मुनि साहले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को सबैमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नगरवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको हो ।
‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख साहले यो महापर्व स्वच्छता, भाईचारा र मर्यादा पालनको संदेश दिन्छ । कोरोना भाइरस संक्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएको मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन अनुरोध गर्नुभएको छ ।
उहाँले छठपर्वले नगरवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A