कमेडियन भारती सिंह र उनका श्रीमान् पक्राउ, घरमै भेटियो लागुऔषध गाँजा

  • मंसिर ८, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । प्रहरीले कमेडियन भारती सिंह र उनका श्रीमान्लाई पक्राउ गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ ।

भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो । भारतीलाई शनिबार र उनका श्रीमान हर्षलाई आइतबार गिरफ्तार गरेको हो । र, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ ।

लागूऔषध प्रकरणमा बलिउडका आधा दर्जन नायिकाले अहिले मुद्दा झेलिरहेका छन् । यो प्रकरणमा शनिबार फेरि अर्की एक हास्य अभिनेत्री थपिएकी छन् । मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शनिरबार हास्य अभिनेत्री भारती सिंहलाई लागूऔषधको कारण गिरफ्तार ग¥यो ।

भारती र उनका श्रीमान् हर्ष घर र कार्यालयमा सो ब्युरोले शनिबार छापा मारेको थियो । सुराकीको आधारमा यसरी छापा मार्दा उनीहरूको घरबाट लागूऔषध र नसालु औषध भेटिएको सो ब्युरो र प्रहरीले जनाएको छ । लागूऔषधको बिक्रीवितरण गर्ने गिरोहलाई पक्राउपछि गरिएको अनुसन्धानमा भारती सिंह पनि उनीहरूको ग्रहक भएको पुष्टि भएपछि आफूहरूले छापा मारेको नार्कोटिक्स कन्ट्रोल ब्युरोका पदाधिकारीले बताएका छन् ।

छापापछि उनीहरूलाई प्रहरीले पत्र काटेर कब्जामा लिएको थियो । उनीहरूरू आफैं ब्युरोमा आउने भनेपछि प्रहरीले गिरफ्तारपछि कागज गराएको शनिबार छाडेको थियो । उनीहले ब्युरोमा पुगेर बयान दिएको र गल्ती स्विकारेको सो ब्युरोले जनाएको छ ।

सोधपुछको क्रममा आफूहरूबाट गल्ती भएको भारती र उनका श्रीमानले बताएको पनि ब्युरोका पदाधिकारीको कथन छ । छापाको क्रममा गाँजा र अन्य नसालु पदार्थ भेटिएपछि आफूहरूले ती पदार्थ सेवन गरेको यी दुईले स्विकारेको पनि ब्युरोले जनाएको छ । भारतको घरमा केही मात्रामा र उनको कार्यालय (प्रोडक्सन अफिस)मा ८६ ग्राम गाँजा भेटिएको पनि सो ब्युरोले सञ्चारकर्मीलाई जानकारी गराएको छ । गाँजा आफ्नो भएको स्विकारेपछि भारती सिंहलाई गिरफ्तार गरेर अहिले हिरासतमा राखिएको छ । उनको श्रीमान्को सोधपुछ चलिरहेको पनि सो ब्युरोले जनाएको छ ।

बलिउड अभिनेताहरू सुशान्तसिंह राजपूतको मृत्युपछि उनीसँग विभिन्न कलाकारहरू लागूऔषधको सेवनमा रहेको र अभिनेत्री कंगना रनौतसहित विभिन्न कलाकारले यो खुलासा गरेपछि मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्युरोले कलाकारमाथि लागूऔषधबारे निगरानी बढाएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A