लहान नगरपालिकाले निर्माण गर्ने सलहेश दिनाभद्री सपिङ्ग कम्पलेक्सको शिलान्यास

  • मंसिर ९, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिकाले निर्माण गर्न लागेको सलहेश दिनाभद्री सपिङ्ग कम्प्लेक्सको मंगलवार शिलान्यास गरिएको छ । लहान नगरपालिका १ स्थित रहेको तरकारी बजारमा निर्माण हुन लागेको सपिङ्ग कम्पलेक्सको लहान नगरप्रमुख मुनि साहले शिलन्यास गर्नु भएको हो ।

complexxx

शिलन्यास कार्यक्रममा वोल्दै लहान नगरप्रमुख साहले भवन निर्माण पश्चात नगरपालिकाको आर्थिक प्रगती वढ्ने जानकारी दिनुभयो । आफूहरु नगरपालिकाका जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भयो । अहिले सञ्चालनमा रहेको भानुभक्त बाचनालय, नया बजार स्थित रहेको तरकारी बजारलाई नयाँ स्वरुपका साथ अगाडी बढाइएको जानकारी दिदै उहाँले यी सम्पूर्ण योजनाहरु नगर सौन्दर्यका साथै नगरपालिकालाई आर्थिक रुपले मदत पुग्ने बताउनु भयो ।

सपिङ्ग कम्प्लेक्स ४ करोड ११ लाख ६ हजार ४६० को लागतमा निर्माण हुन लागको छ भने कम्प्लेक्स निर्माणको ठेक्का पोखरी चौर ८, काभ्रेका न्यू ड्रागन निर्माण सेवाले लिएको छ । २०७७ साउन ३० गते भएको सम्झौता अनुसार २०७८ पौस ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ ।

Complex 2

शिलन्यास कार्यक्रममा लहान नगरपालिकाका नगर उपप्रमुख सरियार कुमारी चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने नगरपालिकाको योजना शाखा प्रमुख शत्रुधन प्रसाद चौधरीले योजना बारे जानकारी गराएका थिए ।

लहान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लहान ९ का वडाध्यक्ष प्रदिप चौधरी लगायतकाले बोलेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेको थियो ।

Complex 1

127517815_397251034961821_2240169059615217750_n

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A