वर्दिवासमा प्रहरीले चलाएको गोली लागेर ३ जना प्रदर्शनकारी घाइते

  • मंसिर ९, २०७७
  • समृद्धिपथ
alt

महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ ।

स्थानीयले विहानैदेखि गरेको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि थप २ जना सहित ३ जना प्रदर्शनकारी घाइते भएका छन् ।

bbbbbb

प्रहरीको गोली लागेर बर्दिबास १ का श्याम कार्की र आफताब आलम घाइते भएका छन् भने उनीहरुलाई उपचार शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ ।

यस अघि गोली लागि घाइते हुनेमा स्थानिय युवा संजय न्यौपाने रहेको छ । घाइतेको उपचार वर्दिवास स्थित पिनाकल हस्पिटलमा भइरहेको छ । उपचार संलग्न डा. इश्वर कार्कीको अनुसार न्यौपानेको तिघ्रामा लागेको गोली आरपार भएर छिरेको छ । विरामी अवस्था गम्भिर रहेको छ । थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

bbbbbbbb

प्रदर्शनकारीहरुले निरन्तर प्रदर्शन गर्दै ढुंगामुढा गरेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नुको साथै हवाइ फायर गरे पछि न्यौपानेलाई गोली लागेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि कति राउन्ड हवाइ फायर भएको एकिन नभइसकेको इलाका प्रहरी कार्यलय बर्दिबासका डीएसपी राजन चापागाइँले जानकारी दिए। प्रदर्शन स्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

bbbbbbb

प्रहरीको हस्तक्षेपपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड सुचारु भएको छ भने स्थानीयको प्रदर्शन भने जारी नै रहेको छ ।

बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको छ । आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको छ ।

बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

balika-hatya-prakaran-bardibas-3

प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन् । प्रदर्शनकारीले पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धराौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने, उनको घर भत्काएर स्मृति पार्क बनाउनुपर्ने, हरेक घट्नामा उनको अभिभावक पनि संलग्न रहेकाले मतियारको रुपमा उनीहरुलाई पनि सजाय हुनुपर्नेसहितका माग राखेका छन् ।

bbbbbbbbbb

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A