शिक्षकहरु आफैंमा परिवर्तन गरेर अघि वढ्न नगरप्रमुख साहको आग्रह

  • मंसिर १०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरप्रमुख मुनि साहले सामुदायिक विद्यालयको सुधारको लागि शिक्षक शिक्षिकाहरु आफ्नो कार्यशैलीमा परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो ।


लहान–१८ भदैयामा रहेको राजाजी जनता आधारभूत विद्यालयको भवन शिलान्यास र आधारभूत विद्यालयबाट माध्यमिक विद्यालयमा परिणत नाम भएको बोर्डको उद्घाट्न गर्दै यस्तो बताउनु भएको हो ।

school news  mansir 10.photo 2
नगरप्रमुख साहले भन्नुभयो,‘चुनावमा गरेको चुनावी प्रतिवद्धताहरुमध्ये ९० प्रतिशत प्रतिवद्धता पुरा गर्न कार्यक्रमहरु अघि बढिसकेको छ । सामुदायिक विद्यालयको सुधार एक चुनौतीको रुपमा देखिएकोले सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आफूसँग भएको ज्ञान सीप कलाको प्रयोग गरेर गौरव गर्न लायकको सामुदायिक विद्यालय बनाउन सबैमा आग्रह छ ।’

school news 1
लहानको १८ भदैयामा माध्यमिक विद्यालयको आवश्यक्ता थियो । यस आवश्यक्तालाई पुरा गर्न लहान–१८ का वडाध्यक्ष मोेहम्मद शम्शेर र यस विद्यालयका प्रधानाध्यापक इन्द्रदेव चौधरीले गर्नु भएको प्रयास सराहनीय भएको उहाँले बताउनुभयो ।


यस विद्यालयलाई माध्यमिक बनाउन नगरपालिका साकारात्मक प्रयास थालेको नगरप्रमुख साहले भन्दै स्थानीय दाताहरुले यस विद्यालयको लागि जग्गा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

school news  mansir  photo 3
लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहले लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको शैक्षिक परिवर्तनको लागिगरेको शिषक सरुवमा शिक्षकहरु साकारात्मक रुपमा नलिनुले चाहे अनुसारको काम गर्न समस्या भएको प्रष्टयाउनुभयो ।


उहाँले भन्नुभयो,सामुदायिक विद्यालयको सुधारको लागि भौतिक निर्माण , शिक्षक व्यवस्थापन र शैक्षिक परिवर्तनको लागि लागि परेका छौ । राम्रो भूमिका खेल्ने प्रधानाध्यापक , शैक्षिक सुधारमा योगदान गर्ने शिक्षक र सक्षम विद्यालय व्यवस्थापनि समितिलाई प्रोत्साहित गर्ने छौ ।

school news  mansir 10.photo 4
कार्यक्रमा न्यायिक समितिका सदस्य शान्ति सदाय, नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका अध्यक्ष जिवछ यादव , सगरमाथा माविका प्रध्यानाध्यापक दोस्त बाहादुर भट्टराई,श्री जनता आधारभुत विद्यालय बैरिया गुँदीगाँउ लहान १० का प्रधानाध्यापक रङगलाल साह लगायत स्थानीय शिक्षक बुद्धिजीविह, लहान ९ का वडाध्यक्ष प्रदिप चौधरीको उपस्थिति रहेको थियो ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A