जिवछ उदासी
लहान,मंसिर १६ गते । ‘अपन संस्कृति अपन पहिचान वृद्धवृद्धाके करु सम्मान ’ मूल नाराका साथ लहान –१८ ले बृद्धबृद्धमलाई सम्मान गरी सामा चकेवा महोत्सव लहान १८ भदैया सम्पन्न भएको छ ।
महोत्सवको समापन्न समारोहलाई लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले सम्बोधन गर्दै भन्नुभयो,लोप हुन लागेको सामा चकेवा पर्वलाई थारु समुदायको युवा युवती नयाँ पुस्ताले महोत्सवको रुपमा मनाएर नयाँ जीवन दिएको छ । यसलाई अझै विस्तार गरेर सामाजिक एकता सदभाव र संस्कृतिको रक्षाको लागि महोत्सव प्रेरणादायी भएको बताउनुभयो ।
आफै सामा चकेवाको गीत गाएर उपप्रमुख चौधरीले वृद्धवृदालाई दोसल्ला ओढाई फूलको माला लगाएर नयाँ पुस्तालाई सहि र सत्य मार्गमा हिड्न आशीर्वाद दिन उहाँले आग्रह गर्नुभयो ।
विशिष्ट अतिथिको रुपमा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य वीरेन्द्र चौधरीले लहान नगरपालिकाको उत्तरी भेगका थारु समुदायलाई एकतावद्ध गर्नको लागि यो महोत्सवको आयोजना गर्न लागेको प्रष्टयाउदै पहिचान र अधिकारको लागि थारु समुदायले अझै संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
लहान १८ का वडाध्यक्ष मो शम्शेरले लहान १८ मा धार्मिक सहिष्णुता र आपसी भाइचारालाई मजबूत गर्नको लागि वडा न १८ का जनप्रतिनिधिहरु सधैं तयार रहेकोले थारु समुदायले आयोजना गरेको सामा चकेवा पर्वको अवसरमा बृद्धबृद्धालाई समेत सम्मान गर्ने परिपाटीले सामाजमा साकारत्मक सन्देश प्रभाव गरेको बताउनुभयो ।
महोत्सवमा पत्रकार जिवछ उदासी र शिक्षक उद्धव हमालले शुभकामान मत्व्य दिँदै महोत्सवमा सामाजका सबै समुदायलाई समेट्न र अपनत्व लिन थारु समुदायले पहल गर्नुपर्ने, लहानको उत्तरी भेगमा धार्मिक पर्यटकीय स्थल पञ्चावती राजदेवीको महिमा समेत उजागर गर्न जोड दिनुभयो ।
श्री भदैया युवा खेलकुद तथा विकास मञ्चले आयोजना गरेको महोत्सवको अध्यक्ष शिव नारायण चौधरीले गर्नु भएको समापन्न कार्यक्रमको संचालन भागवत चौधरी र स्वागत मन्तवय राम प्रसाद चौधरीले गर्नु भएको थियो ।
म्होत्सवमा विभिन्न झाँकी नृत्य र सामा चकेवाको विधिवत पूजा गरेर पोखरीमा विर्सजन गरेकी थारु म्हिलाहरु सेतो साडीीमा हरियो किनारा भएको आफ्नो पहिरनमा सजिएर उत्साहपूर्वक महोत्सवमा भाग लिएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A