बृद्धबृद्धालाई सम्मान गरी सामा चकेवा महोत्सव भदैया सम्पन्न

  • मंसिर १६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,मंसिर १६ गते । ‘अपन संस्कृति अपन पहिचान वृद्धवृद्धाके करु सम्मान ’ मूल नाराका साथ लहान –१८ ले बृद्धबृद्धमलाई सम्मान गरी सामा चकेवा महोत्सव लहान १८ भदैया सम्पन्न भएको छ ।


महोत्सवको समापन्न समारोहलाई लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले सम्बोधन गर्दै भन्नुभयो,लोप हुन लागेको सामा चकेवा पर्वलाई थारु समुदायको युवा युवती नयाँ पुस्ताले महोत्सवको रुपमा मनाएर नयाँ जीवन दिएको छ । यसलाई अझै विस्तार गरेर सामाजिक एकता सदभाव र संस्कृतिको रक्षाको लागि महोत्सव प्रेरणादायी भएको बताउनुभयो ।

sama chakeba news.photo 2
आफै सामा चकेवाको गीत गाएर उपप्रमुख चौधरीले वृद्धवृदालाई दोसल्ला ओढाई फूलको माला लगाएर नयाँ पुस्तालाई सहि र सत्य मार्गमा हिड्न आशीर्वाद दिन उहाँले आग्रह गर्नुभयो ।


विशिष्ट अतिथिको रुपमा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य वीरेन्द्र चौधरीले लहान नगरपालिकाको उत्तरी भेगका थारु समुदायलाई एकतावद्ध गर्नको लागि यो महोत्सवको आयोजना गर्न लागेको प्रष्टयाउदै पहिचान र अधिकारको लागि थारु समुदायले अझै संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

sama chakeba news.5 photo
लहान १८ का वडाध्यक्ष मो शम्शेरले लहान १८ मा धार्मिक सहिष्णुता र आपसी भाइचारालाई मजबूत गर्नको लागि वडा न १८ का जनप्रतिनिधिहरु सधैं तयार रहेकोले थारु समुदायले आयोजना गरेको सामा चकेवा पर्वको अवसरमा बृद्धबृद्धालाई समेत सम्मान गर्ने परिपाटीले सामाजमा साकारत्मक सन्देश प्रभाव गरेको बताउनुभयो ।

sama chakeba news.photo 3
महोत्सवमा पत्रकार जिवछ उदासी र शिक्षक उद्धव हमालले शुभकामान मत्व्य दिँदै महोत्सवमा सामाजका सबै समुदायलाई समेट्न र अपनत्व लिन थारु समुदायले पहल गर्नुपर्ने, लहानको उत्तरी भेगमा धार्मिक पर्यटकीय स्थल पञ्चावती राजदेवीको महिमा समेत उजागर गर्न जोड दिनुभयो ।

sama chakeba news.photo 4 1
श्री भदैया युवा खेलकुद तथा विकास मञ्चले आयोजना गरेको महोत्सवको अध्यक्ष शिव नारायण चौधरीले गर्नु भएको समापन्न कार्यक्रमको संचालन भागवत चौधरी र स्वागत मन्तवय राम प्रसाद चौधरीले गर्नु भएको थियो ।


म्होत्सवमा विभिन्न झाँकी नृत्य र सामा चकेवाको विधिवत पूजा गरेर पोखरीमा विर्सजन गरेकी थारु म्हिलाहरु सेतो साडीीमा हरियो किनारा भएको आफ्नो पहिरनमा सजिएर उत्साहपूर्वक महोत्सवमा भाग लिएको थियो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A