बलिउडका सात नयाँ फिल्म छिटै रिलिज हुँदै

  • मंसिर १७, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात वटा फिल्म यो डिसेम्बरमा रिलिज हुने भएका छन् ।

डिसेम्बरमा क्रिसमस, नयाँ वर्षलगायतका पर्व परेकाले पनि बलिउडका केही फिल्महरू यो महिना रिलिजको तयारी हुँदै छ । यसै क्रममा अभिनेता बरुण धवन र साराअली खानको निकै महत्वकाँक्षी फिल्म कुली नम्बर १ पनि डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई अमेजन प्राईमसँगै हलबाट पनि रिलिजको तयारी हुँदै छ ।

यस्तै ऋचा चड्डा, करिश्मा तन्नालगायतको मुख्य भूमिका रहेको नयाँ फिल्म लाहौर कन्फिडेन्सियल पनि यही डिसेम्बरमा सिनेमा हलमा रिलिज हुने भएको छ । यो फिल्मलाई सिनेमा हलसँगै जि पाँच डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिने भएको छ ।
यो पनि पढ्नुहोस ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

यस्तै भूमि पेडनेकरलगायतको मुख्य भूमिका रहेको फिल्म दुर्गामती पनि यही डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई सिनेमा हल र डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिएको छ ।

डिसेम्बरमै नयाँ फिल्म टोरबाज पनि रिलिज हुने भएको छ । यो फिल्ममा अभिनेता सँजय दत्त मुख्य भूमिकामा छन् । डिजिटल प्लेटफर्म नेटफ्लिक्सबाट रिलिज हुने यो फिल्मलाई हलबाट पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ । यी सहित अन्य केही नयाँ फिल्महरू यो डिसेम्बर महिनामा भारतीय सिनेमा हलसँगै डिजिटल प्लेटफर्ममा रिलिज हुने भएका छन् ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A