लहान । ओरेक परियोजना कार्यालय सिरहाले सिरहा नगरपालिकाको १४, १५ र १६ वडाका सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारलाई राहतबितरण गरेको छ ।
मंगलबार तीन वटै वडा कार्यलयको सहकार्यमा सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारका महिलालाई वडा नं. १६ र १४ का वडा अध्यक्षको उपस्थितिमा राहतबितरण गरेको हो ।
राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन र प्याडको लागिप्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेक सिरहाकी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण अहिले पनि अवस्था समान्य नभएको अवस्थामा ओरेकले दिएको राहतले एउटा गर्भवती तथा सुत्केरी महिलालाई एक महिनाको लागिपुग्ने खाना र सरसफाईका सामाग्री दिएको ओरेक परियोजना कार्यालय सिरहाकी संयोजक सर्मिला निरौलानिरौलाले जानकारी दिनु भयो । विगतका दिनहरुमा पनि आरेक सिरहा यस्ता सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A