काठमाडौं । संघीय सरकारविरुद्ध प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको दाबी उनले रिटमा गरेका छन् ।
सर्वोच्चमा बिहीबार दायर गरिएको रिटमा उत्प्रेषण आदेश पाउँ भनेर माग गरिएको छ । जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री सोनलले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ ।
ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं। २ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित भएका थिए ।
ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश सरकारहरुको लगाउँदै आएका छन् ।
नेपालबहसबाट
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A